मानिसलाई धन र सम्पत्तिले कहिल्यै पनि पुग्दैन। जीवनको अन्तिम घडीमा पनि ऊ धनी बनेर मर्न चाहन्छ र त्यो धनी आफू पछिका आफ्नै पुस्ताले भोग गरोस भन्ने चाहन्छ । तर शाह दम्पत्ति भने अलग सोंचले उदाएका छन्। समाजसेवी श्रीजङ्ग शाह र रुद्र कुमारीले आफू बस्दै आएको घरसहितको जग्गा नेपालगञ्जस्थित फत्ते बाल आँखा अस्पताललाई दान गरेका छन् ।

शाह दम्पत्तिले आफूहरुको मृत्यु पश्चात नेपालगञ्जस्थित फत्ते बालआँखा अस्पतालले प्रयोग गर्न पाउने गरी रजिष्ट्रेसन पास गरिदिएका हुन् । जग्गाको सरकारी मूल्य मात्रै २१ करोड २३ लाख २५ हजार रुपैयाँ छ । बेच्ने हो भने करिव एक अर्ब पर्न आउँछ ।

श्रीजङ्गका बुवा आमाले पनि नेपालगन्जको फुटेग्रास्थित २० कोठाको घर र करिब ३० कठ्ठा जग्गा यही अस्पताललाई दान दिएका थिए । जसको कारण अस्पतालको नाम नै श्रीजङ्गका बुवा फत्तेजङ्गको नामबाट राखिएको थियो।

९१ वर्षीय श्रीजङ्ग पत्नी रुद्रकुमारीसँगै बस्दै आएका छन् । उनीहरुकी एक विवाहित छोरी छिन् । २०४३ सालमा १० शैयाबाट सुरु भएको फत्ते बाल आँखा अस्पताल अहिले २ सय ५० बेड सञ्चालनमा छ ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text