चाहना र मेहनत भयो भने बगर पनि सपनाको फूलबारी बन्न सक्छ। यसकै उदाहरण बनेका छन् , झापाका कन्काई नगरपालिका २ का काका–भतिज मनोज शिवाकोटी र दिनेश।

उनीहरुले सन्का खोलाको चार बिघा प्रयोगविहीन जग्गालाई ‘ह्याप्पी ल्याण्ड’ बनाएका छन्। कडा मेहनतले बगरलाई मनोरञ्जन क्षेत्र बनाएपछि अहिले उनीहरु पर्यटक भित्र्याउन समेत सफल भएका छन्।

त्यहाँ एउटा डाँडा बनाउँदै डाँडालाई ‘सेल्फी डाँडा’ नामाकरण गरिएको छ र सोही क्षेत्रभित्र बगैंचा, पार्क, स्विमिङ पुल, होमस्टेसँगै धिमाल, थारू, गुरुङ र राजवंशी जातिका संग्रहालय र संस्कृति जोगाउन उनीहरूको झाँकी तथा नृत्य प्रस्तुत गर्ने स्थानसमेत बनाइएको छ।

पहिला देशभर पाइने तर अहिले लोप हुन लागेका जीव, तिनका तस्बिर, मूर्ति साथै देशैभरका स्थल तथा जलप्राणी, फलका प्रजाति सबै समेत यस क्षेत्रमा राखिएको छ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text