ज्याक मा चीनको सबैभन्दा धनि व्यक्ति हुन्। उनि टुरिस्ट गाईडबाट उद्धमी बनेका सुचना प्रविधि क्षेत्रका व्यवसायी हुन् । विश्वका सफल व्यवसायीहरु मध्येमा चिनिने उनको जन्म सन् १९६४ सेप्टेम्बर १० मा हनग्श्होउ सहरमा भएको थियो ।

ज्याक माका प्रेरक भनाइहरु

  • जब म , अरु कोहि बन्ने कोसिस नगरेर, म जे हूँ त्यही बन्छु, तब म भित्रै देखि खुशी हुन्छु र काममा राम्रो प्रतिफल पाउँछु।

  • तिमीले तिम्रो प्रतिस्पर्धीसंग सिक्नुपर्छ। तर, उसको नक्कल गर्नु हुँदैन। जब नक्कल गर्छौ, तिमी हराउँछौ।

  • हिंड्न कहिल्यै नछोड। हिजो गाह्रो थियो, भोली त्यो भन्दा पनि झन् गार्हो हुनेछ । तर, विश्वास गर, पर्सि घाम लाग्नेछ।

  • सफलताको लागि तिमीमा हुनैपर्ने गुण भनेको धैर्यता हो।

  • म, मलाई कसैले मन पराओस् भन्ने चाहन्न, मलाई कसैले सम्मान गरोस् भन्ने चाहन्छु।

  • उद्यमीले व्यवसाय सुरु गर्नु भनेको आफ्नो बच्चाको हेरविचार गर्नु जस्तै हो ।

  • नयाँ पुस्ता जहिले पनि पूरानो पुस्ता भन्दा अगाडी र राम्रो हुन्छ।

  • दुई वटा उद्यमी बिचमा प्रस्तिस्पर्धा भनेको , कसले बढी होस् पुर्याएर पैसा खर्च गर्ने भन्ने कुरामा हुन्छ।

  • जब हामीसंग पैसा हुन्छ, हामीले गल्ती गर्न सुरु गर्छौं ।

  • जहाँ गुनासाहरु हुन्छन्, त्यहीं अवसर हुन्छन्।

  • तिमीलाई थाहा छैन की तिमीलाई जीवनमा कति धेरै गर्न सक्छौ ।

  • काममा मात्र आफूलाई व्यस्त नबनाउ, जीवनलाई रमाएर जिउने प्रयास गर ।

  • हामीलाई पैसाको खाँचो हुँदैन। हामीलाई आफू भित्रको त्यो व्यक्तिको खाँचो हुन्छ, जो आफ्नो सपना पूरा गर्नको लागि कडा मेहनत गर्न हरदम तयार रहन्छ।

  • कहिल्यै पनि पैसामा प्रतिस्पर्धा नगर। गुणस्तरीय काम र नयाँ सिर्जनामा प्रतिस्पर्धा गर।

  • तिम्रो टिममा राम्रा र योग्य होइन, सही मान्छे हुनुपर्छ।

  • म, मेरो जीवनमा केही राम्रो काम गरेर, इतिहास बदल्न चाहन्छु।

ज्याक माको जीवनी पढ्न यहाँ क्लिक गर्नुहोस्

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text