गंनर व्हेली स्कुलमा पढ्दा नै उनको परिवार कामको खोजीमा क्यालिफोर्नियाबाट एरिजोना गयो। तर, उनी भने पढाइका कारणले एक्लै क्यालिफोर्नियामा बसे ।

उनीहरुको कुनै घर थिएन। त्यसैले व्हेली पार्किङ्ग क्षेत्रमा जान्थे र ट्रकमा सुत्ने गर्थे। यति गर्दा पनि उनले आफ्नो पढाइमा कुनै असर हुन दिएनन् । हाइस्कुलमा पढ्ने भएपछि व्हेलीले दुई वटा जागिर गर्ने र पढ्ने गर्न थाले। कमाएको पैसाले कार किनेर, उनी त्यसमै सुत्थे र हाइ स्कुल, दुईवटा काममा लाग्ने दौडधुपको समयलाई व्यवस्थापन गर्थे ।

यसरि पढेर पनि हाइ स्कुलमा राम्रो अंक ल्याउन सफल भएपछि उनले मेडिकल डाक्टरी पढ्नको लागि छात्रवृत्ति पाए। अहिले उनी डाक्टर बनेर बिरामीहरुको सेवा गर्दैछन्। आफू संघर्ष गरेर यहाँसम्म आइपुगेकोले बिरामी तथा उनीहरुको परिवारको दु:ख तथा भावनालाई आफूले राम्रोसंग बुझ्न सक्ने उनी बताउँछन्।

उनीसंग अहिले आफ्नै घर छ, हरेक सुखसुविधा, राम्रो करियर र संगै नि:स्वार्थ सेवा गर्ने भविष्यको योजना समेत छ।

तस्बिर स्रोत

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text