राजा अकबरका सल्लाहकार बिरबलको चातुर्यताको बारेमा सबैले गुणगान गाएको सुनेर इरानका राजालाई बिरबललाई भेट्न मन लाग्यो। उनले भेट्ने मात्र होइन, उनको चातुर्यताको परिक्षण गर्ने पनि निधो गरे।

इरानी राजाका सिपाहीहरु बिरबल कहाँ गएर राजाको निमन्त्रणा दिएपछि बिरबल पनि निमन्त्रणा स्वीकार्दै इरानी राजाकहाँ गए ।

दरबारभित्र पसेपछि बिरबल आश्चर्य परे । किनकी त्यहाँ एकजना होइन, छ जना राजाहरु थिए । उनले बुझिहाले कि, त्यहाँ उनको परिक्षण हुँदै थियो र उनले ती छ मध्येबाट असली राजालाई चिन्नुपर्ने थियो । बिरबलले सबै राजाहरुलाई नियाले। साँझको समय थियो, अर्को दिन वार्तालाप गर्ने कुरा भयो र उनी सुत्न गए।

बिरबलले बिहानै उठेर राजालाई अभिभावादन गरे। राजा छक्क परे, उनले सोधे, ” तिमीले म नै राजा हूँ भन्ने कसरि पत्ता लगायौ?”

बिरबलले उत्तर दिए , ” महाराज ! हिजो म आएपछिका गतिविधि नियाल्दा राजा भएका अरु पांच जनाले तपाईंलाई बेला-बेलामा हेरिरहन्थे। तर, तपाईं भने आफ्नो अगाडी हेर्नुहुन्थ्यो र तपाईंको शारीरिक हाउभाउ आत्मविश्वासी देखिन्थ्यो।”

जो व्यक्तिले अरुको नक्कल गरेको हुन्छ, त्यो व्यक्तिलाई आफू पक्रीइने, नराम्रो भइने र केही बिग्रिने डर भैरहन्छ। जो व्यक्तिले अरुको नक्कल गरेको छैन, उसमा आत्मविश्वास हुन्छ, पक्रीइने डर हुँदैन र तत्काल के गर्ने भन्ने निर्णय तुरुन्तै लिन सक्छ।

फोटो स्रोत

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text