रबिन्द्रनाथ टैगोर नोबेल पुरस्कार विजेता प्रशिद्ध कवि तथा लेखक हुन् । उनको जन्म ७ मे १८६१ मा भारतमा भएको थियो । रबिन्द्रनाथ टैगोरको “गीतान्जली” कविता संग्रह कविता क्षेत्रमा सबैभन्दा मन पराईएको संग्रहमा पर्छ । यसमा प्रकृति, आध्यात्म र मानव समवेदनाहरु सम्मिश्रित छन् । उनले आफ्नो जीवनमा २,२३० गीतहरु रचना गरेका थिए । उनले भारतको राष्ट्रिय गान “जन गण मान” लेखेका थिए साथै उनले बंगालको लागि पनि राष्ट्र गान लेखेका थिए । उनका असी वटा कथा संग्रहित ” गल्पगुच्चाच्चा” लोकप्रिय पुस्तक मध्येमा पर्छ । रबिन्द्रनाथ टैगोरका जीवनोपयोगी भनाइहरु :

  • पानीलाई हेरेर बसेर मात्र तिमीले समुद्र तर्न सक्दैनौ।

  • बादलहरु पानी पार्नको लागि मात्र मेरो जीवनमा आउंदैनन् । बादलहरु रंग भर्न पनि आउँछन्।

  • पुतलीले महिना होइन पल गन्छ, जसले गर्दा ऊसंग पर्याप्त समय हुन्छ।

  • मित्रताको गहिराई दूरीले नाप्न सकिंदैन।

  • खतराबाट सुरक्षित हुने होइन, खतरालाई बिना डर सामना गर्न सिकौं।

  • बच्चालाई आफूले जे जानेको छौ, त्यो कुरामा मात्र सिमित नबनाऊ। ऊ फरक समयमा जन्मिएको छ।

  • हामीले त्यो कुरालाई लिन सक्ने क्षमता आफूमा भर्न सक्यौं भने हामीसग सबैकुरा आउँछ।

  • तथ्यहरु धेरै हुन्छन् , तर सत्य एउटेे हुन्छ।

  • जोसंग धेरै कुराहरु हुन्छ, उसलाई डर पनि धेरै हुन्छ।

  • जब हामीले आफूले गर्नुपर्ने कर्तव्य पूरा गर्छौं, तब पूर्ण स्वतन्त्रता पाउँछौं।

  • जो व्यक्ति राम्रो काममा धेरै व्यस्त हुन्छ, उसले अरुको अगाडी राम्रो बन्नको लागि समय पाउंदैन।

  • जीवन हाम्रो लागि कसैले दिएको हो । हामीले अरुलाई जीवन दिन सक्यौं भने मात्र हाम्रो जीवन आफूले आर्जन गर्न सक्छौं।

रबिन्द्रनाथ टैगोरको जीवनी पढ्न यहाँ क्लिक गर्नुहोस्

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text