विश्वमा सबैभन्दा बढी बिक्रि हुने मध्येको पुस्तकका लेखक हुन् , स्टेफेन किङ्ग। तर, यो सफलताभित्र कैयौं असफलताहरु लुकेका छन् । उनको आर्थिक अवस्था यतिसम्म नाजुक थियो की, उनले आफ्नो बिहेमा दुलही र आफूले लगाउने कपडा अरुसंगबाट मागेर ल्याएका थिए ।  अहिले विश्वप्रख्यात र धेरै बिक्रि भएको पुस्तकमध्येमा गनिने उनले लेखेको पुस्तक ‘क्यारी’ पनि सुरुमा दर्जनौं पटक अस्विकार भएको थियो । स्टेफेन किङ्गका प्रेरक भनाइहरु:

  • क्षमता जोकोहीमा पनि हुन सक्छ। तर क्षमतावान र सफल व्यक्तिमा फरक हुन्छ। र त्यो फरक पार्ने तत्व, मेहनत हो।

  • सोझो व्यक्तिको विश्वास झुठो व्यक्तिको लागि सबैभन्दा ठूलो हतियार हुन्छ।

  • तिमीले जुनसुकै पुस्तक हातमा लिएपनि त्यस भित्र केहि न केही शिक्षा हुन्छ नै। खराब पुस्तकले त अझ धेरै शिक्षा दिन्छ।

  • हामी लड्नुपर्छ । र त्यो लडाईबाट चोट पनि लाग्छ। तर, त्यो लडाई र चोटले हामीलाई उभिन सिकाउँछ।

  • बाँच्नमा व्यस्त भएनौ भने, तिमी मर्नको लागि व्यस्त भइरहेको हुन्छौ।

  • जीवन चक्का जस्तै हो। ढिलो वा चांडो विभिन्न परिस्थितिहरु घुम्दै आइरहन्छन्।

  • जीवनमा विभिन्न खत, दागहरु लागिरहन्छन्। तर त्यो खत वा दागलाई कसरि लिने भन्ने कुरा हेर्ने मान्छेमा भर पर्छ।

  • यदि तिमीसंग पुस्तक पढ्ने समय छैन भने तिमीसंग लेख्ने विषय पनि हुनेछैन।

  • कुनै यस्तो दिन थियो, मलाई लाग्थ्यो कि मैले लेखेका कुराहरु प्रकाशन गर्न योग्य छैनन्।

स्टेफेन किङ्गको संघर्षको कथा पढ्न यहाँ क्लिक गर्नुहोस्

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text