एक जना बुवाको दुई वटा छोरा थिए। छोराहरु बढ्दै गएपछि हाम्रो समाजमा सामान्यतया: घरको सम्पत्ति बांडफांड गर्ने चलन छ। दुई छोराहरुले सम्पत्ति बांडफांड गरे। तर, घरको एउटा कुरा चाहिं सम्पत्ति बांडफांडको समयमा खोलिएन, त्यो थियो सन्दुक ( काठको पूरानो बाकस) ।

सन्दुक बुवाको थियो र त्यो सन्दुक उनले आफ्नै लागि राख्न चाहे । सन्दुक भित्र के थियो, कसैलाई थाहा थिएन, किनकी त्यसमा सधै चाबी लगाइएको हुन्थ्यो र चाबी बुवा लगाएको जनैमा बाँधिएको हुन्थ्यो। बुवा चाहिंले भन्ने गर्थे, ” मलाई सन्दुकमा भएको सम्पतिले पुग्छ । अरु बाँकी सम्पत्ती तिमीहरुकै हो । जे गर्ने हो गर’।

सबैलाई त्यो सन्दुक भित्र के छ भन्ने कौतुहलता थियो। छोराहरुलाई लाग्थ्यो की, बुवाले सन्दुक भित्र पक्कै पनि खजाना लुकाएर राखेको हुनुपर्छ। त्यसैले त चाबी सधै घाँटीमा लिएर हिंड्छन्। त्यसैले खजाना आफ्नो हुने आशाले छोराहरुले बुवालाई निकै माया देखाउँथे, उनको हेरचाह, स्याहारसुसार गर्न पनि दुई दाजुभाई प्रतिस्पर्धा गर्थे । यस्तैमा एकदिन बुवा अकस्मात बिरामी भए र उनको मृत्यु भयो।

अब जनै चाबीको रहस्य खुल्ने, छोराहरुको कौतुहलता मेटिने भयो र उनीहरुले खजाना पाउने भए , यही आशाले छोराहरुले सन्दुक भित्र भएको खजाना बाँड्ने सम्झौता गरे र सन्दुक खोले। तर, सन्दुक रित्तो थियो। बुवालाई थाहा थियो, सन्दुक भित्र केही छैन र यो पनि थाहा थियो त्यही सन्दुक भित्रको रहस्यमय चिज पाउने आशामा छोराहरुले उनलाई आवश्यक सम्मान र माया गर्नेछन्।

मान्छेले मेहनतको साथसाथै दिमाग पनि लगाउन जान्नुपर्छ, स्वार्थी हुनुहुन्न तर आफ्नो दिर्घकालिन हितको लागि थोरै आफ्नो बारेमा पनि सोंच्नुपर्छ। अर्को कुरा, सम्पत्ति भन्दा ठूलो भनेको बुद्धि , आत्मविश्वास र हिम्मत हो।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text