भारतलाई स्वतन्त्रता दिलाउनको लागि अंग्रेज विरुद्ध लड्ने महात्मा गान्धी विश्वमै महान व्यक्तिका रुपमा चिनिन्छन्। उनी अहिंसा र शान्ती आन्दोलनबाट नै अंग्रेजहरुको शासन ढाल्ने व्यक्तित्व हुन्। यहाँ महात्मा गान्धीका केही जीवनोपयोगी भनाइहरु राखिएको छ :

जहाँ माया हुन्छ, त्यहाँ नै जीवन हुन्छ ।

 

No automatic alt text available.

पहिले उनीहरुले तिमीलाई बेवास्ता गर्छन्, त्यसपछि उनीहरु तिम्रो कुरामा हाँस्छन् । तर, जब तिमी बलियो देखिन्छौ उनीहरु लड्न आउँछन् र तिमीले जित्छौ।

 

 

व्यक्तिको कामबाट उसका प्राथमिकताहरु पहिचान गर्न सकिन्छ।

 

तिमीले संसार जस्तो देख्न चाहन्छौ, त्यस्तै देख्नको लागि तिमी आफैले परिवर्तनको लागि अगाडी बढ्नुपर्छ।

 

 

शक्ति शरीरको बलियोपनबाट होइन, इच्छाशक्तिबाट आउँछ।

 

 

No automatic alt text available.

सभ्य र इमान्दार रुपमा गरिने अस्वीकृति भनेको प्रगतिको संकेत हो।

 

 

प्रयासमा सन्तुष्टी मिल्छ। शतप्रतिशत प्रयासले विजय दिलाउँछ।

 

तिमीले गर्नुपर्ने काम महत्त्वपूर्ण हुँदैनन्। तर, तिमीले जे गर्छौ, त्यो काम महत्त्वपूर्ण हुन्छ।

 

 

व्यक्तिको सही परिचय उसका सोंचहरुको उत्पादनबाट बनेको हुन्छ।

 

Image may contain: flower, plant, text, nature and outdoor

जसले इच्छाशक्ति देखाउंछ र सकारात्मक सोंच राख्छ, उसले आफ्नो भित्रि मनको कुरा सुन्न सक्छ।

 

 

केही कुरामा विश्वास गर्नु तर त्यसलाई आफ्नो जीवनमा लागु नगर्नु भनेको बेइमानी हो।

 

 

कामको संख्याले होइन, हामीले गरेको कामको गुणस्तरले भगवान खुशी हुन्छन् ।

 

 

जसलाई कसरि सोंच्नु पर्छ भन्ने थाहा छ, उनीहरुलाई शिक्षकको आवश्यकता पर्दैन।

 

 

Image may contain: one or more people and text

असल व्यक्ति सबै प्राणीको असल साथी बन्न सक्छ।

 

मेरो जीवन नै मेरो संदेश हो।

 

व्यक्तिले मान्ने धर्म, ऊ आफू बाहेक अरुको लागि सरोकारको विषय बन्नुहुन्न।

 

 

बाँच यसरि की मानौं, तिमी भोलि नै मर्नेछौ । र, सिक यसरी की मानौं, तिमी सधैभरि बाँच्नेछौ।

 

 

सुन चाँदी होइन, स्वास्थ्य तिम्रो सबैभन्दा ठूलो धन हो।

 

 

महात्मा गान्धीका अनुसार सात महापाप के-के हुन् ? पढ्नको लागि यहाँ क्लिक गर्नुहोस् ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text