स्वामी विवेकानन्द रेलमा चढेर एउटा यात्रामा निस्किएका थिए । उनको अगाडी पट्टिको सिटमा तीन जना केटीहरु बसिरहेका थिए। स्वामी विवेकानन्दको पहिरन देखेर उनीहरुले गिज्याइरहेका थिए। विवेकानन्द भने नसुने जस्तो गरि अन्तै ध्यान दिएर बसिरहेका थिए।

यत्तिकैमा स्वामी विवेकानन्दले हातमा बाँधेको घडी देखेर केटीहरुले भने, ” हामीलाई तिम्रो घडी देऊ, होइन भने हामीले पुलिस बोलाउँछौं र तिमीले हामीलाई हातपात गर्यौ भनेर झुठो आरोप लगाईदिन्छौं” ।

सुरु देखि नै चुपचाप बसेका विवेकानन्दले हातको इसाराले भने, ” म बहिरो हूँ। के भन्दैछौ, मलाई लेखेर देऊ। ” ती केटीहरुले अघि आफूहरुले अघि भनेको कुरा जस्ताको तस्तै कागजमा लेखेर दिए। त्यसपछि विवेकानन्द बोले , ” ल, अब पुलिस बोलाउनुस्, मलाई उजुरी गर्नु छ। ”

आवेशमा आएर होइन बुद्धिको प्रयोग गरेर परिस्थितिको सामना गर्नुपर्छ। सही समयमा सही निर्णय लिन सक्नुपर्छ। र, अर्कोतिर, अरुलाई खनिएको खाल्डोमा कहिलेकाहीं आफै पर्न सकिन्छ ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text