स्टिफन हकिंगको जन्म १९४२ जनवरी ८ मा बेलायतको अक्सफोर्डमा भएको थियो। १९५९ मा उनी नेचुरल साइन्स पढाउन अक्सफोर्डमा पुगे र पछि क्याम्ब्रिजमा पीएचडी गर्न गए। १९६३ मा स्टिफन मोटर न्युरन बिमारबाट पीडित भएको थाहा भएको थियो। र, उनी दुई वर्ष मात्र बाँच्ने बताइएको थियो।

प्रतिभावान तथा प्रेरक व्यक्तित्व मानिने उनले शारीरिक अपाङ्गताका बावजुद पनि विज्ञानको क्षेत्रमा उल्लेखनीय काम गरेका थिए। भौतिकशास्त्रीको रुपमा चिनिने उनले ब्ल्याक होल र सापेक्षताको सिद्धान्तमा गरेको कामलाई विशेष मानिन्छ भने विज्ञानको क्षेत्रमा थुप्रै पुस्तकहरु समेत लेखेका हकिंगको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ विशेष चर्चित छ।

स्टिफन हकिंगका भनाइहरु

यदि तिमी जतिबेला पनि रिसाउँछौ वा गुनासो गर्छौ भने, मानिसहरुसंग तिम्रो लागि समय हुनेछैन।

 

परिवर्तनलाई स्वीकार गर्नु र त्यही अनुसार हिंड्नु नै वास्तविक ज्ञान हो।

 

 

जीवन जतिसुकै अप्ठ्यारो देखियोस्, त्यहाँ केहि न केहि हुन्छ नै, जसमा तिमीले सफलता हासिल गर्न सक्छौ।

 

 

पाइतालामा होइन, ताराहरुमा हेर। जे देख्छौ , त्यसको अर्थ निकाल्न सिक।

 

 

 

म कहिल्यै पनि कक्षाको सबैभन्दा राम्रो विद्यार्थी थिइन। तर सायद मेरा साथीहरुले मेरो क्षमता चिनेका थिए, त्यसैले उनीहरुले मेरो नाम आइन्स्टाइन राखिदिएका थिए।

 

 

मैले पूर्ण र सन्तुष्ट जीवन बाँचिरहेको छु। मेरो लागि मेरो काम र मेरो परिवार सबैभन्दा महत्त्वपूर्ण हो।

 

हामीले हाम्रो कामको सबैभन्दा ठूलो मूल्य तथा महत्व खोज्नुपर्छ ।

 

 

विज्ञान कारण मात्र होइन, रोमान्स र भावना पनि हो।कामले नै जीवनको अर्थ र उद्देश्य दिन्छ। त्यो बिना जीवन रित्तो हुन्छ।

 

 

मलाई मृत्युसंग डर लाग्दैन। तर, मलाई मर्नको लागि हतार छैन। किनकी मर्नु भन्दा अगाडी मलाई अझ धेरै काम गर्नु छ।

 

 

 

 

जुन व्यक्तिले आफूलाई जानकारी भएकोमा घमण्ड गर्छ, त्यो व्यक्ति हरुवा हो।

 

भगवान हुन सक्छन् तर विज्ञानले सृष्टिकर्ताको उपस्थिती बिना नै ब्रह्माण्डको बयान गरिदिन सक्छ।

 

 

म अहिले पनि बालक नै हूँ । म सधै ‘किन’ र ‘कसरि’ भन्ने प्रश्न सोध्छु र त्यसको उत्तर खोज्छु।

 

 

मलाई धेरै गर्नु छ । त्यसैले समय खेर फाल्नु देखी मलाई सबैभन्दा बढी घृणा लाग्छ।

 

 

 

मलाई आशा छ, मैले भौतिकशास्त्र कुनै रहस्य नभएर साधारण व्यक्तिले बुझ्न सक्ने विषय हो भन्ने देखाएको छु।

 

 

म कुनै आत्मकथा लेख्न चाहन्न, किनकी त्यो लेखिसकेपछि म सार्वजनिक सम्पत्ति बन्छु र मेरो व्यक्तिगत कुरा भन्नु केही रहन्न।

 

 

 

कुनै पनि कुरा सधैभरि रहिरहन्न।

 

ब्रह्माण्ड भन्दा ठूलो र पूरानो केही पनि छैन।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text