एकपटक राजा अकबरको हिराको औंठी हरायो। बिरबल र दरबारका सबै सल्लाहकारहरु बसिरहेको समयमा अकबरले बिरबललाई भने, ” बिरबल मेरो हिराको औंठी हरायो। त्यो औंठी मलाई मेरो हजुरबुवाले दिनुभएको हो। त्यसैले त्यो औंठी मेरो लागि अत्यन्तै प्यारो र महत्त्वपूर्ण थियो”।

राजा अकबरको कुरा सुनेपछि मन्त्री बिरबलले भने , ” नआत्तिनुहोस् महाराज ! मलाई थाहा छ, तपाईंको औंठी कहाँ छ भन्ने । औंठी यहीं बसेकाहरु मध्ये संगै छ। र, त्यो औंठी ऊ संग छ, जसको दारीमा अहिले परालको टुक्रा अल्झेको छ” । बिरबलले यति भनेपछि त्यहाँ बसेको मध्ये एक जनाले आफ्नो दारी छाम्न थाल्यो। बिरबलले बुझिहाले की औंठी उसैसंग छ र खोजतलास गर्दा भेटियो पनि।

झुट बोल्ने मानिसमा आत्मविश्वासको कमी हुन्छ, किनकी उसमा पक्रीइने डर हुन्छ र नाटकीय रुपले आफूलाई सत्य सावित गर्न खोजिरहेको हुन्छ। त्यस्तै, आफ्नो वरिपरिका व्यक्तिलाई विश्वास गर्नुपर्छ तर पूरै आँखा चिम्लेर विश्वास गर्नु हुँदैन।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text