धेरै वर्ष पहिलेको कुरा हो, एउटा गाउँको बाटोको बीचमा एउटा ठूलो ढुंगा देखियो। अघिल्लो दिनसम्म नभएको ढुंगा अर्को दिन बिहान त्यहाँ देखिंदा, कोही जिल्ल परे, कसैले ” कसले यो ढुंगा यहाँ पल्टाएर ल्यायो ?” भन्दै गाली गरे , कोहीले हिंड्न अप्ठ्यारो भयो भन्दै गुनासो गरे।

यस्तैमा एकजना किसान हातमा दुधको भाँडो बोकेर त्यही बाटो हुँदै बजार हिंड्यो। ऊ बजारमा दुध बेच्न हिंडेको थियो । बाटोको बीचमा ढुंगा देखेपछि, ऊ अडियो। उसले बाटो पार गर्नको लागि त्यहाँ ठाउँ त थियो, त ऊ ढुंगालाई बाटो छेऊमा पुर्याउन कस्सिएर लाग्यो । जब उसले बल गरेर ढुंगा पल्टाउन सफल भयो, उसले देख्यो कि, त्यहाँ एउटा सानो थैली छ। उसले थैली भुइँबाट टिप्यो। थैली खोल्दा थैलीको मुखमा एउटा कागज भेटियो, जसमा लेखिएको थियो, ” यो ढुंगा जसले पल्टाउछ, उसको लागि”। थैली भित्र सुनका असर्फीहरु थिए।

वास्तवमा त्यो थैली र त्यो ढुंगा त्यहाँ राख्नको लागि राजाले आफ्ना सैनिकहरुलाई अर्हाएका थिए । उनी हेर्न चाहन्थे कि, उनका प्रजाहरु कत्तिको मेहनती, कत्तिको चुनौतीलाई सामना गर्न सक्ने, कत्तिको दूरदर्शी र कत्तिको हिम्मतिला छन्।

हाम्रो जीवनमा पनि अवसर त्यो अवरोध मुनी लुकेको छ। हामीले त्यो अवरोधलाई पल्टाउँदै किनाराममा पुर्याउनु छ र अवसरलाई आफ्नो मुठ्ठीमा लिनु छ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text