वर्तमान समयका पाठकहरुका लोकप्रिय लेखक हुन् , पाउलो कोएल्हो । लेखन मार्फत सकारात्मक विचार र र जीवनप्रतिको आशा प्रवाह गर्नु उनको मूख्य विशेषता हो । अन्तर्राष्ट्रिय स्तरमा उनका किताबहरु धेरै बिक्ने पुस्तकहरुमा गनिन्छन्। धेरै भाषामा अनुवादन भएर गिनिज वर्ल्ड रेकर्डमा नाम दर्ता गराएको उनको किताब “द अल्केमिस्ट” नेपाली भाषामा “किमियागर” नामबाट उपलब्ध छ ।

उनै पाउलो कोएल्होको नयाँ किताबमा अब पूरानो काठमाडौं पढ्न पाइने भएको छ । पाउलो कोएल्हो सन् १९७० को दशकमा नेपाल आएका थिए। त्यतिबेला ‘हिप्पी ट्रेल’ को नामले युरोपबाट बस र ट्रेनमा यात्रा गर्दै युवाहरु दक्षिण एसियाका देशहरुमा आउने गर्थे। त्यही माध्यमबाट पाउलो कोएल्हो काठमाडौं आएका थिए।

अहिले त्यो अनुभव र त्यतिबेलाको काठमाडौंलाई उनले ‘हिप्पी’ नामक किताबमा उतारेका छन् र त्यो किताब केही महिनापछि संसारभर उपलब्ध हुनेगरि सार्वजनिक हुँदैछ।

My new book HIPPIE – to be published in summer everywhere – , takes place in Sept 1970 when I was a hippie going to Kathmandu by bus (the so called “Magic Bus”)
I wonder if people still care about these times, but I had to follow my inner call

No automatic alt text available.

सन् १९६० र ७० को दशकमा ‘हिप्पी’ शब्द प्रयोगमा आउंथ्यो। त्यतिबेला कपाल, पाल्ने, मुद्रा लगाउने अर्थात भिन्न गेट-अप गर्ने र युद्धको विपक्षमा रहने, आफ्नो जीवन आफ्नो सोंच अनुसार बाँच्न चाहने, सामाजिक दबाब र मान्यताको बेवास्ता गर्ने युवाहरुलाई हिप्पी भनिन्थ्यो। पाउलो कोएल्होले पनि आफूलाई त्यो समयको हिप्पी भन्छन् ।

पाउलो कोएल्होको प्रेरणादायी जीवनी पढ्न यहाँ क्लिक गर्नुहोस्

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text