मलाला युसुफजई पाकिस्तानी महिला शिक्षा तथा बालअधिकारवादी कार्यकर्ता हुन्। सन् २०१४ को नोबेल शान्ति पुरस्कार प्राप्त गर्न सफल मलाला नोबेल पुरस्कार पाउने हालसम्मकै सबभन्दा कम उमेरकी व्यक्ति हुन्। उनी स्वात उपत्यकामा तालिबानहरूले केटीहरूलाई विद्यालय जान प्रतिबन्ध लगाएको समयमा महिला तथा शिक्षाको लागि वकालत गरेका कारण चर्चामा अाएकी हुन्। अक्टोबर २०१२ मा, मंगलबारको दिनमा करीब सवा १२ बजे स्वात उपत्यकाको कस्बे मिंगोरामा विद्यालयबाट फर्किरहेको समयमा आतंककारीहरूले हमला गरेका थिए। मलालाको जन्म १९९७ मा पाकिस्तानको खैबर पख्तूनख्वाह प्रान्तको स्वात जिल्लामा भयो।
मलालाका प्रेरक भनाइहरु
तिमीले निर्णयहरु लिनको लागि, तिमी आफू को हौ भनेर देखाउनको लागि, सबैभन्दा पहिले तिमीले आफूलाई चिन्नु महत्वपूर्ण हुन्छ।
मसंग मेरो इच्छा अनुसार बाँच्न पाउने अधिकार हुनुपर्छ ।
समस्याससंग जुध्न र युद्धको विरुद्धमा लड्नको लागि विचारहरुको उत्पादन र ती विचारहरुको प्रवाह गर्नु राम्रो विकल्प हो।
यहाँ धेरै समस्या छन् र ती समस्या समाधानका उपायहरु पनि छन् । ती समस्या समाधानका उपायहरु भेटिने उचित शिक्षाले नै हो ।
यदि तिमीले कसैलाई मार्छौ भने, तिमीले यो प्रमाणित गरिरहेको हुन्छौ की, तिमीलाई त्यो व्यक्ति देखि डर थियो।
तिमी सधै अरुको सहयोगमा मात्र भर पर्नु हुँदैन ।
म गोली हानिएकी केटीको रुपमा चिनिन चाहन्न। म त्यसको विरुद्धमा उठेकी केटीको रुपमा चिनिन चाहन्छु।
एउटा डाक्टरले गोली लागेको बिरामीलाई मात्र बचाउन सक्छ । तर राम्रो राजनीतिज्ञले गोली लाग्नबाट लाखौँ मानिसहरुलाई बचाउन सक्छ।
म मेरो डरभन्दा बलियो छु।
जीवनको हरेक क्षण खतरापूर्ण छ। जुनबेला जे पनि हुनसक्छ। जो व्यक्ति त्यो खतरासंग डराएर आफूलाई बाँधेर राख्दैन, त्यो व्यक्ति नै अगाडी बढ्न सक्छ।
म यो विश्वास गर्छु कि, बन्दुकमा कुनै शक्ति हुँदैन।
मैले मेरो मृत्युलाई नजिकबाट देखिसकेकी छु। तर, मृत्युले मेरो उद्देश्यमा मलाई सघाउन चाह्यो । मृत्युले मलाई मार्न चाहन्न।
मानिसहरु भन्छन् की, मलालाको आवाज बिक्रि भइरहेको छ, तर म भन्छु, मेरो आवाज संसारभर फैलिरहेको छ । तिमीले पहिला यो बुझ कि, मलाला अर्थात मैले के भन्न खोजिरहेकी छु ।