खलिल जिब्रान बहुप्रतिभाशाली व्यक्तित्व हुन् उनी दार्शनिक, चित्रकार, कवि तथा लेखकका रुपमा परिचित छन् उनको जन्म सन् १८८३ मा लेवनानमा भएको थियो । खलिल जिब्रानको मृत्यु सन् १९३१ मा ४८ वर्षको उमेरमा टी.बिको कारण भएको थियो। आफ्नो त्यो छोटो जीवनकालमा पनि उनले अमिट छाप छोडेर गएका छन्।     

खलिल जिब्रानका जीवनोपयोगी भनाइहरु : 

यदि तिमीले बतासलाई आफ्ना गोप्य कुरा सुनाउँछौ भने, ती कुरा बतासले रुखलाई भन्यो भनेर गुनासो नगर ।

तिम्रो दैनिक जीवन नै तिम्रो मन्दिर र धर्म हो । आफ्ना चाहना र सपनाहरु सबै त्यसबाट लिने कोसिस गर ।

मित्रता भनेको अवसर होइन, मीठो दायित्व हो ।

हिजो भनेको आजको याद हो भने भोली भनेको आजको सपना हो ।

व्यक्तिको दिमाग र मन पढ्नको लागि, उसले के प्राप्त गरेको छ, त्यो नहेर । उसको लक्ष्य के हो, त्यो बुझ ।

चोट भनेको तिम्रो बुझाइहरुलाई बाहिर ल्याइदिने तत्व हो।


अहिले जे छ, त्यसलाई उजागर गरेर प्रगति हुँदैन । जे हुन सक्छ, त्यसको सम्भावना खोजेपछि प्रगति हुन्छ ।

यदि तिम्रो मन नै ज्वालामुखी हो भने, त्यहाँ फूल फुल्ने सम्भावना कसरि हुन्छ ?

कहिल्यै नरुने ज्ञान, कहिल्यै नहाँस्ने दर्शन, बच्चाको अगाडी नझुक्ने महानताबाट मलाई टाढा राख ।

मायाको वास्तविक गहिराइ छुट्टिने समय नआउँदासम्म बुझ्न सकिंदैन।

प्रयोग नगरिएको धेरै ज्ञान भन्दा प्रयोग गरिएको थोरै ज्ञान मूल्यवान हुन्छ।

स्वतन्त्रता बिनाको जीवन, आत्मा बिनाको शरीर जस्तै हो ।

तिमीसंग तिम्रो आफ्नै सिद्धान्त छ र मसंग मेरो आफ्नै सिद्धान्त हुन्छ ।

जीवनका सबैभन्दा ठूला उपहार सुन्दरता र सत्य हुन् । सुन्दरता मायालु मनमा हुन्छ भने सत्य काम गर्ने व्यक्तिको हातमा देखिन्छ।

खलिल जिब्रानको प्रेरणादायी जीवनी पढ्न यहाँ क्लिक गर्नुहोस्

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text