हिंड्दा लडिने डर, चक्कु प्रयोग गर्दा हात काट्ने डर, पढ्दा फेल भइने डर, व्यापार गर्दा घाटा लाग्ने डर, गीत गाउँदा वा नाच्दा मजाक बनिने डर, … । डर जहींतहीं छ । केही डरलाई हामीले जितेर काम गरिरहेका हुन्छौं भने केही डरले हामीलाई बाँधेर राखिरहेको हुन्छ । डरले हामीलाई खुलेर बाँच्न समेत दिइरहेको हुँदैन । तर, डरलाई विस्तारै जित्दै अगाडी बढ्नु जरुरि छ।

डर सम्बन्धि प्रसिद्ध भनाइहरु

डरलाई अनुभव गर र त्यो काम जसरि भएपनि पूरा गरेर छोड ।
– टमारा मेलोन

 

हामी एउटै कुरासंग मात्र डराउनुपर्छ र त्यो हो ‘डर’ ।
– फ़्राङ्क्लिन डि. रुजवेल्ट

 

सधै त्यही गर, जुन कुरादेखि तिमीलाई डर लाग्छ ।
– राल्फ वाल्ड़ो एमर्सन

 

 

अप्ठ्यारा परिस्थतिहरुसंग नडराऊ । तिनै अप्ठ्यारा परिस्थतिहरुले नै जीवनमा राम्रा कुराहरु ल्याईदिन्छन् ।
– रिता लेवी-मोन्टाल्सिनी

 

 

 

यदि डरलाई जित्न चाहन्छौ भने, घरमा सोंच्दै नबस । घरबाहिर निस्क र काममा व्यस्त बन।
– डेल कार्नेगी

 

 

डरलाई साहसले भन्दा बढी सजिलोसंग इच्छाशक्तिले जित्न सक्छ ।
– जेम्स स्टेफेंस

 

 

डर भनेको एउटा सामान्य मानसिक अवस्था बाहेक अरु केही पनि होइन ।
– नेपोलियन हिल

 

 

जब-जब डर तिम्रो नजिक आउन थाल्छ, साहसको हतियारले त्यसलाई आक्रमण गरेर परास्त गरिदेऊ।
– चाणक्य

 

 

असफलताको डरलाई जित्नु भनेकै सफलता हो ।
– पौल स्वीनी

 

 

तिम्रो सपनालाई असम्भव बनाउने एउटा मात्र कुरा हो ‘डर’ ।
– पाउलो कोएल्हो

 

 

तिमीसंग जहिले पनि दुईवटा विकल्प रहेका हुन्छन् : आफ्नो प्रतिबद्धता या त डर ।
– स्यामी डेविस जुनियर

 

 

 

म आँधीसंग डराउँदिन, किनकि मैले डुंगा कसरि खियाउने भनेर सिक्दैछु ।
– लुइसा मे एल्कट

 

 

जुन व्यक्ति विवेकपूर्ण तरिकाले बाँचिरहेको छ, त्यो व्यक्ति मृत्युसंग पनि डराउनु हुँदैन ।
– गौतम बुद्ध

 

 

जीवनमा कुनै पनि कुरा डराउनको लागि होइन, बुझ्नको लागि हो । जति धेरै बुझ्दै जान्छौं, डर त्यति नै कम हुँदै जान्छ ।
– म्यारी क्युरी

 

 

 

साहस भनेको कुन कुरासंग डराउनु हुँदैन भन्ने ज्ञान हो ।
– प्लेटो

 

 

 

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text