औपचारिक शिक्षा छोडी आफ्नो रुचि र अनौपचारिक शिक्षाबाट आगाडी बढेका रिचार्ड ब्रान्सन प्रसिद्ध उद्धमी हुन् । विश्वकाधनी व्यक्तिहरु मध्ये पर्ने रिचार्डको “भर्जिन” ब्राण्ड अन्तर्गत विभिन्न ४०० कम्पनि छन्। यी सफल उद्धमिको जन्म सन्१९५०, जुलाई १८ मा बेलायतमा भएको थियो ।
रिचार्ड ब्रान्सनका प्रेरक भनाइहरु
धेरै मानिसहरुले पैसा र लोकप्रियताको आधारमा सफलता मापन गर्छन् । तर म भने सफलतालाई खुशीको आधारमा मापन गर्छु ।
नियमको पालन गर्दै सिधा बाटो हिंडेर तिमीले हिंड्न सिक्दैनौ । हिंड्न सिक्नको लागि जंघार तर्नुपर्छ र पटक- पटक लड्नुपर्छ ।
तिमीले जति धेरै प्रयास गर्छौ, त्यतिधेरै भाग्यमानि बन्छौ।
काम गर्नको लागि सस्तो र छिटो तरिका नखोज । रमाइलो र राम्रो तरिका खोज।
रमाउनु, सफलताको महत्वपूर्ण पाटो हो । यदि तिमी रमाउन सकिरहेको छैनौ भने, अहिले गरिरहेको काममा सफलता हासिल गर्न सक्दैनौ ।
सधै सम्झ कि, तिमी जस्तो छौ, त्यस्तै बन्नु बेठीक कुरा होइन ।
तिमी लड्नु भनेको तिमी अगाडी बढ्न खोजेको छौ भन्ने प्रमाण हो । उठ र फेरी प्रयास गर ।
आफ्ना भावना र आवेगहरुलाई काममा प्रयोग गर्यौ भने तिनीहरुले तिमीलाई ठूलो मद्दत गर्न सक्छन् ।
व्यवसायमा अवसरहरु भनेका बस जस्तै हुन् । एक पछि अर्को आइरहन्छन् ।
यदि तिमीलाई चोट लागेको छ भने, त्यो घाउलाई सुम्सुम्याउ र उठ ।
तिम्रो वरिपरिका घेराबन्दिलाई तोडीदिएर बाहिर आऊ। यो परिक्षणको समय हो ।
लडेपछि कसरि उठ्ने भन्ने सोंच्न छोड्यौ भने मात्र असफलता अन्तिम बिन्दु हो ।
भौतिक चिजहरु आकर्षक हुन्छन् , तर महत्वपूर्ण हुँदैनन् ।
ध्यानपूर्वक सुन : राम्रा कुरालाई ग्रहण गर र बाँकी अरु कुरालाई त्यहीं छोडीदेऊ ।
डरलाई जितेर अगाडी बढ्नु व्यवसायिक सफलताको पहिलो चरण हो ।
मेरो मान्यता यो हो कि, आफूसंग भएको पैसा केहीमा लगानी गरिहाल्नुपर्छ ।
तिमीले जोखिम मोलेर परिक्षण नगरुन्जेल नयाँ सम्भावनाहरु पत्ता लगाउन सक्दैनौ ।
हरेक सफल व्यक्तिसंग एक भन्दा बढी असफलताहरुको अनुभव हुन्छ ।
यदि साना कुराहरुको लागि तिमी संग समय छैन भने, ठूला कुराहरुको लागि पनि तिमीसंग समय हुनेछैन ।
धेरै मानिसलाई लाग्छ कि, मैले धेरै कमाएका कारण र व्यवसायिक सफलता हासिल गरेका कारण म जीवनदेखि खुशी छु । तर, म जीवनदेखी खुशी भएका कारण यो सबै प्राप्त गरेको हूँ ।
हामीले स्वीकार नगरेतापानी हामी संसारमा भएका जनावर मध्येकै एक जाती हौँ । त्यसैले हामीले प्रत्येक जनावरलाई सम्मान गर्नुपर्छ।