आत्मविश्वास बिना कुनै पनि व्यक्तिले पाइला चाल्न त के, उभिन पनि सक्दैन । क्षमता भएका सबै व्यक्ति अगाडी पुग्न सक्दैनन् । किनकी उनीहरुमा आत्मविश्वासको कमीले गर्दा आफ्नो क्षमतालाई अरुको सामु देखाउन, बाहिर ल्याउन सक्दैनन् । त्यसैले सफलता हासिल गर्न चाहने हरेक व्यक्तिले आफ्नो आत्मविश्वास बढाउनु जरुरि छ ।

एक्लै भएको समयमा आफैसंग कुरा गर्ने गर्नुहोस् । एक्लै केही विश्लेषण गरेर कुरा गर्नुहोस् या ‘कसैसंग बोल्दा यस्तो प्रसङ्गमा म के बोल्थें होला’ भन्ने कल्पना गरेर आफैलाई प्रश्न-उत्तर गर्नुहोस् । त्यस्तै, हरेक दिन ऐनाको अगाडी उभिएर आफूलाई नियाल्नुहोस् र बोल्ने अभ्यास गर्नुहोस्।

आफूमा भएका राम्रा कुराहरु के-के हुन् ? ती सबै सम्झिनुहोस्। तपाईं आफूमा भएका राम्रा कुराहरुको बारेमा सोंचेर तिनलाई टिपोट गर्नुभयो भने तपाईंलाई आफ्नो बलियो पक्षबारे थाहा हुन्छ र त्यसले तपाईंमा आत्मविश्वास बढाइदिन्छ । ती राम्रा कुराहरुलाई अगाडी ल्याएर आफूलाई अरुको सामु प्रस्तुत गर्नुहोस् ।

तपाईंको क्षेत्र के हो, कुन क्षेत्रमा काम गर्दै हुनुहुन्छ, त्यो क्षेत्रको जानकारीहरु राख्ने, देश तथा विश्वको बारेमा समाचारहरु पढ्ने गर्नुहोस् । यसो गर्दा तपाईंले अरुले गरिरहेको कुराकानीमा निर्धक्क साथ आफ्नो सहभागिता जनाउन सक्नुहुन्छ र तपाईंमा आफैमा विचारहरु समेत उत्पन्न हुन थाल्छन् ।

आफूलाई अरुसंग तुलना नगर्नुहोस् । सबैका आ-आफ्नै विशेषता, परिस्थिति हुन्छन् भन्ने सम्झनुहोस् । आफूले आज के नयाँ कुरा सिक्न सकिन्छ, कसरि अझै अगाडी बढ्न सकिन्छ भन्ने कुरामा ध्यान दिनुहोस् । ‘म सक्दिन’ होइन, ‘ प्रयास गरें भने, मैले सक्छु ‘ भन्ने सोंच्नुहोस्।

जुन कुराले तपाईं टुट्नुभएको छ, त्यसतर्फ फेरी फर्किएर नजानुहोस्। आफ्नो गल्तीलाई सम्झेर नबस्नुहोस् । जीवनको कुनै न कुनै मोडमा हरेक व्यक्तिले गल्ती गरेको हुन्छ । त्यो गल्तीले तपाईंको जीवनमा के सिकाउन खोजेको छ, त्यसमा ध्यान दिनुहोस् ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text