सिंह एकदिन एकदमै भोकेरा आहारको खोजीमा निस्कियो । ऊ अत्यन्तै भोकैको थियो तर, कुनै पनि जनावर भेटिएको थिएन ।

हिंड्दै जाँदा सिंहले एउटा खरायो खेलिरहेको देख्यो। ऊ त्यो खरायो भए नजिक गयो । खरायोलाई समात्नै लाग्दा सिंहले एउटा मृग दौडिएको देख्यो । भोकाएको सिंहको लागि खरायो सानो आहार थियो । त्यसैले उसले खरायोलाई त्यहीं छोड्यो र मृगको पछाडी दौडियो ।

तर, सिंह भएको चाल पाएको मृग त्यहाँबाट कुलेलम ठोकिसकेको थियो । यता पन्जाबाट फुत्किएको खरायो पनि लुक्यो ।

अब सिंहले न त खरायो पायो, न त मृग ।

आफूसंग अहिले भएको कुरा नै ठूलो अवसर हो । यदि त्यसलाई अवमूल्यन गरेर, त्यसको महत्व नबुझेर ठूलो अवसरलाई समात्न दौडिन्छौँ भने हाम्रो हालत पनि त्यही सिंहको जस्तो हुनसक्छ ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text