“तिमीले साहस बिना संसारको कुनै पनि काम गर्न सक्दैनौ”

परिचय

एरिसटोटल दार्शनिक तथा वैज्ञानिक हुन् । ग्रिसमा ३८४ बिसिमा जन्मिएका उनि एलेक्जेन्डर द ग्रेट का गुरुका रुपमा समेत प्रशिद्ध छन् । उनको पश्चिमी दर्शनमा महत्वपूर्ण स्थान छ । पश्चिमी दर्शनमा सामाजिक, आर्थिक लगायतका सबै कुराहरुको व्याख्या गरेर दर्शनलाई व्यापक बनाउने श्रेय एरिसटोटललाई जान्छ ।

प्रारम्भिक जीवन

एरिसटोटलको अर्थ “सबै भन्दा राम्रो उद्देश्य” भन्ने हुन्छ । एरिसटोटलका बाबुले उनलाई यो नाम राखिदिएका हुन् । उनको बाल्यअवस्थाका बारेमा जानकारी भेटिएका छैनन् । चिकित्सक बाबुको कार्यले उनमा विज्ञान प्रति रुचि जागेता पनि चिकित्सकीय कार्यमा ईच्छा देखाएनन् ।

दार्शनिक यात्रा

१८ वर्षको उमेरमा एरिसटोटल आफ्नो शिक्षाको लागि एथेन्स पुगेर प्लेटोको एकेडेमीमा पढ्न थालेका थिए । प्लेटोको निधन पछि उनले २० वर्ष बसेको एथेन्स सहर छोडेका थिए । त्यसपछि उनि लेस्बोसको आइल्याण्डमा पुगे जहाँ उनले प्राणि विज्ञान र वनस्पति अध्ययनको सुक्ष्म अध्ययन गरे। ३४३ मा उनि एलेक्जेन्डरको शिक्षक बनेका थिए ।
एलेक्जेन्डरको शिक्षक रहँदा एरिसटोटलले एलेक्जेन्डरलाई पूर्वी क्षेत्रमा जित हासिल गर्न प्रेरित गरेका थिए। त्यसपछि उनि एथेन्स सहर फर्किए र आफ्नै स्कुल स्थापना गरि १२ वर्षसम्म विभिन्न विषयहरु पढाए । उनले आफ्ना स्कुलका विद्यार्थीहरुलाई नैतिक शिक्षा, प्राणि विज्ञान, जीव विज्ञान, राजनीति, लेखन, संगीत लगायत थुप्रै विषयहरु पढाए । उनले आफ्ना दर्शनमा पनि यी कुराहरुलाई महत्वका साथ राख्थे जसले गर्दा उनको दर्शन क्षेत्र व्यापक बनेको थियो । ३३५ देखि ३२३ बिसी सम्मको समयमा उनले थुप्रै भनाईहरु लेखेका थिए । उनले ज्योतिषसशास्त्र, भूविज्ञान, भौतिकशास्त्र, प्राणि विज्ञान, जीव विज्ञान, नैतिक शिक्षा, राजनीति सम्बन्धिका खोजमूलक र तर्कसंगत लेखहरु साथै साहित्य विधामा पनि लेखेका थिए। तर उनले लेखेका कुराहरु एक तिहाई मात्र अहिलेसम्म पाउन सकिन्छ ।

सफलता

एरिसटोटलका दर्शनहरुले दर्शनशास्त्रमा विशेष मान्यता पाउँछन् । उनले प्रतिपादन गरेको “थेओरि अफ डीडक्सन ” लाई आधुनिक दर्शनशास्त्रीहरुले प्रयोग गरेका छन् । उनले निकालेको राम्रो जीवनयापन सम्बन्धमा नैतिक कोड अफ कन्डक्टले विशेष चर्चा पायो। उनले सम्बन्धक बारेमा बनाएको प्राथमिकता विश्लेषण पछि गएर भेन डाएग्राममा समेत प्रकाश पारिएको थियो । नैतिकतालाई सैद्धान्तिक नभई प्रयोगात्मक मान्ने उनको दर्शनलाई आज पनि सान्दर्भिक मानिन्छ । उनलाई पुरानो समयमा औपचारिक तर्कको अध्ययन गर्ने व्यक्तिको रुपमा उनलाई लिईन्छ ।
एरिसटोटलले दर्शन मात्र नभई विज्ञान क्षेत्रमा समेत आफ्नो स्थान बनाएका थिए । उनले जीव विज्ञान अन्तर्गत रहेर रगतको आधारमा जनावरहरुको प्रजाति छुट्टाएका थिए । त्यस्तै उनलाई मनोविज्ञानका पिता मानिन्छ । उनले शारीरिक र मानसिक कुराहरुबीच सम्बन्धलाई प्रकास पारेका छन् । दिमागलाई शरीरको एक साधारण कार्यको रुपमा लिएका छन् । ३२२ बिसिमा मृत्यु भएका एरिसटोटलले मर्नु अगाडी , आफ्नी मरिसकेकी पत्नीको चिहान संगै गाडिने ईच्छा व्यक्त गरेका थिए ।
आजको समयसम्म पनि पृथ्वीमा आजसम्म जन्मेका बुद्धिमानी मानिसहरुको नाममा एरिसटोटलको नाम आउँछ ।

कुनै पनि सानो काम गर्नलाई समेत साहस चाहिन्छ । चक्कुले हात काट्छ कि भन्ने डरले हामीले तरकारी केलाउन सक्ने थिएनौं । हामी ढुक्क हुन्छौं कि चक्कुले हामीले आफूलाई नकाटी तरकारी काट्ने हाम्रो उद्देश्यमा प्रयोग गर्छौं । यो पनि एउटा साहस हो । यस्तो साहस जीवनका प्रत्येक मोडमा ल्याउनु जरुरि छ।

“आफ्नो आलोचना हुन नदिने तरिका भनेको केही नगर्नु, केही नबोल्नु र केही नबन्नु हो “

साहस तपाईंको हो, विचार तपाईंको हो, उद्देश्य तपाईंको हो । त्यसैले त्यो साहस, विचार र उद्देश्य पछाडिको कारण तपाईंलाई मात्र थाहा हुन्छ । आलोचनाहरूको पछाडी लाग्नु भन्दा आफ्नो उद्देश्य पूरा गर्न थाल्नुहोस् । जीवनमा केही गर्नुहोस्, केही बोल्नुहोस् र केही बन्नुहोस् ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text