वर्तमान समयका पाठकहरुका लोकप्रिय लेखक हुन् , पाउलो कोएल्हो । लेखन मार्फत सकारात्मक विचार र र जीवनप्रतिको आशा प्रवाह गर्नु उनको मूख्य विशेषता हो । अन्तर्राष्ट्रिय स्तरमा उनका पुस्तकहरु धेरै बिक्ने पुस्तकहरुमा गनिन्छन्। धेरै भाषामा अनुवादन भएर गिनिज वर्ल्ड रेकर्डमा नाम दर्ता गराएको “द अल्केमिस्ट” पुस्तकका लेखक पाउलोको जन्म सन् १९४७ अगस्ट २४ मा भएको थियो ।

पाउलो कोएल्होका सफलताका सुत्र

सपना र लक्ष्यलाई आफ्नो पार्ट टाइम काम जस्तै गरेर सोंच्ने, केही गर्न खोजे जस्तो गर्ने तर केही छिनपछि छोडिदिने नगर । आफ्नो सपनालाई काममा परिणत गर र त्यसमा आफ्नो शतप्रतिशत देऊ ।

आफ्ना कमजोरी र बलिया विशेषताहरुको बारेमा पत्ता लगाऊ । आफ्ना बलिया पक्षहरुलाई उजागर गरेर ती कमजोरीहरुलाई छायाँमा पार ।

तिमी जन्मेदेखि हालसम्मका अनुभवहरुले नै तिमीलाई अहिलेको व्यक्ति बनाएका हुन् । ती अनुभवहरुलाई वर्तमानमा प्रयोग गर, तर त्यो विगतलाई फर्केर नहेर । आजले तिम्रो भविष्यलाई मार्गनिर्शन गर्छ ।

काम गर्दा अरुले के भन्लान् , कसरि मूल्यांकन गर्लान् , अरुलाई मन पर्ने तरिकाले काम गर्छु जस्ता कुरा नसोंच । आफ्नो मनलाई सुन, बालकजस्तो आफ्नो तरिकाले संसार हेर र तिमीभित्र जे छ, त्यो कुरालाई बाहिर ल्याएर काम गर ।

जोखिम उठाउन सिक । जोखिम बिना तिमीले चाहेको कुनै पनि कुरा प्राप्त गर्न सक्दैनौ ।

हरेक कुरामा अवसर लुकेको हुन्छ, हरेक कुराभित्र जादु लुकेर रहेको हुन्छ। फरक यो हो कि, कसैले त्यो अवसर र जादुलाई चिन्न सक्छ, त कसैले सक्दैन। त्यसैले आफ्नो अगाडी आउने साना-तिना कुराहरुको अवमूल्यन गर्न छोड । अवसरलाई चिन्ने कोसिस गर, आउंदै जानेछन् ।

वर्तामानमा बाँच र सधै आफूमा उत्साह बनाइराख। असफलताले तिम्रो उत्साह घटायो भने सफलतासम्म पुग्ने दुरी बढ्छ । सफलता भनेको एउटा असफलताहरु बिचमा पनि निरन्तर हिडिराख्न सक्ने उत्साह हो ।

पाउलो कोएल्होका प्रेरक भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text