“तिमी तबसम्म ननिदाउ जबसम्म तिमीले दिनमा मैले के गलत गरें , के सहि गरें र के गर्न बिर्सें भनेर आफैलाई सोध्दैनौ”

परिचय

पाईथागोरस दार्शनिक तथा गणितीज्ञ हुन् । ५७० बिसी मा समोसमा जन्मेका उनि ग्रीक नागरिक हुन् । दर्शन, गणित र संगीतमा पाईथागोरसको विशेष योगदान मानिन्छ ।

प्रारम्भिक जीवन

पाईथागोरसले आफ्नो बाल्यकालको धेरै जसो समय समोसमा बिताए । उमेर बढ्दैजाँदा उनि आफ्ना टायर व्यवसायी बाबुसंग व्यवसायिक यात्रा गर्न थाले। त्यसै क्रममा उनले सिरियाका बुद्धिजिविहरु संग भेट्ने र ज्ञान लिने मौका पाए । उनले त्यहाँ काव्य शिक्षा पनि लिए । साइरसका अर्का गुरुसंगा उनले दर्शन सम्बन्धि शिक्षा लिए । १८ वर्षको उमेरमा पाईथागोरस गणित र खगोल विज्ञान अध्ययनको लागि मिलेटसका गुरु थालेसकहाँ पुगे। थालेस पढाउनको लागि धेरै बूढो भैसकेका थिए तर त्यो भेटले पाईथागोरसमा गणित, विज्ञान र खगोल विज्ञानमा आकर्षण बढायो।
पाइथगोरस मन्दिरका पूजारिहरुको बारेमा अध्ययन गर्न ५३५ बिसी मा इजिप्ट पुगे । उनि इजिप्टमा दश वर्ष बसे । आयश्यक मापदण्ड पूरा भएपछी उनि त्यहाँ पूजारीको रुपमा बसेका थिए । ५२५ बिसी मा पर्सियाले इजिप्ट जितेपछि उनि पक्राउ परे तर त्यो समयलाई पनि सदुपयोग गर्दै उनले त्यहाँ पर्सियाली पूजारीहरु संग गणित, विज्ञान र संगीत अध्ययन गर्न थाले। ५२२ बिसी मा पर्सियाका शासकको मृत्यु भयो भने सोमसका शासक पनि मारिए । जसले गर्दा उनले सोमस फर्किने मौका पाए ।

दार्शनिक यात्रा

सोमस फर्किए लगत्तै पाइथागोरसले स्कुल स्थापना गरे । त्यसपछि उनि कानून पढ्न इटाली गए । त्यहाँ पनि उनले स्कुल खोले र थुप्रै चेलाहरु बनाए । उनको स्कुलमा महिला र पुरुष दुवैलाई उत्तिकै प्राथमिकता दिईन्थ्यो । उनको स्कुलमै बसेर पढ्ने विद्यार्थीहरुले शाकाहारी खान मात्र खानुपर्थ्यो भने पढ्न मात्र त्यहाँ आउने विद्यार्थीहरुले स्कुल बाहेकको समयमा मांसाहारी खान खान पाउँथे । उनले त्यस स्कुलमा प्रभावकारी शिक्षा लागू गरे जसले गर्दा गणितमा विशेष योगदान पुग्यो । उनलाई गणितमा ज्यामिती सबैभन्दा उत्कृष्ट लाग्थ्यो भने १० अंकलाई पूर्ण अंक मान्थे, किनभने पहिलो चार अंक एक, दुई, तिन र चारको योग दश हुन्छ । उनि राम्रो संगीतकार पनि थिए । उनको मान्यता अनुसार, कुनै पनि मानिसको मृत्यु पश्चात उसको आत्मा विभिन्न रुप धारण गरेर शुद्ध नहुन्जेलसम्म विभिन्न प्राणीमा सरिरहन्छ । र त्यो शुद्धिकरण गणित र संगीतले गराउँछ ।

सफलता

पाइथागोरस विशेष रुपमा ज्यामितीय क्षेत्रमा प्रख्यात छन् । ज्यामितिमा त्रिभुजका कोणहरुको सिद्धान्त पाइथागोरसले प्रतिपादन गरेको मानिन्छ, जुन मान्यता अनुसार हामी त्यसलाई पाइथागोरस साध्य पनि भन्ने गर्छौं । प्रतिपादित अन्य केहि ज्यामितीय सिद्धान्तहरुको प्रमाणित गरेको श्रेय पनि पाइथागोरसलाई जान्छ। पाइथागोरस साध्यक पिता ४९५ बिसी मा शत्रुद्वारा मारिएका थिए ।

वरिपरिको वातावरण र आफ्नो जीवनशैली पनि सिकाईको एक पाटो हो। सिक्नको लागि र प्रगतिको लागि आफ्नो मूल्यांकन आफै गर्नुहोस् , आफूले गरेका कामको विवरण र तिनीहरुको मूल्यांकन केलाउनुहोस, आफ्नो दिन कति हदसम्म उत्पादनशील रह्यो , त्यो जानकारी राख्नुहोस् ।

“अनुभव र समयक्रमले विकास भएको ज्ञान सधै रहिरहन्छ”

दिनभरिका कामहरु केलाउँदा भेटिएका गल्तीहरुले भोलिको दिनमा ती गल्ति दोहोरिन नदिन सहयोग गर्छ र त्यो सहयोग नै समय अनुसार ज्ञानको रुपमा परिणत हुँदै जान्छ । काम गर्दा हतास नहुनुहोस् , गल्तिहरुबाट र समाधानका उपायहरुबाट सिकेका कुरालाई ज्ञानको रुपमा विकास गर्नुहोस् । ती ज्ञान अनन्तकालसम्म जीवित रहन्छन् जसरि पाईथागोरस जीवित रहेका छन् अनि पाईथागोरस साध्य ज्यामितिमा चम्किरहेको छ ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text