एसइइ परिक्षाको नतिजा राम्रो आयो । मेरो जस्तो नतिजा आउने र म नजिकका सबै साथीहरुले विज्ञान पढ्ने भनेका कारण म विज्ञान संकायमा भर्ना भएँ । अहिले म +२ मा अध्ययनरत छु । तर, मलाई यो विषय पढ्न गाह्रो लाग्दैछ र यसमा मैले आफ्नो रुची पनि भेटिरहेकी छैन, म के गरूँ ?

अधिकतम नेपाली विद्यार्थीहरुको समस्या भनेको तपाईंको जस्तै नै छ। हामी आफू भित्रको रुची र क्षमतालाई भन्दा कसले के गरेको छ, बजारमा के चलिरहेको छ र मानिसहरुको हुल कता गइरहेको छ भन्ने तर्फ बढी ध्यान दिन्छौं । धेरै जनाले यो कुरा पछि मात्र महसुस गर्छन्। तर तपाईंले बेलैमा महसुस गर्नुभएको छ, जुन तपाईंको करियर तथा भविष्यको लागि राम्रो संकेत हो । तपाईं स्कुल जीवनमा कुन विषयप्रति आकर्षित हुनुहुन्थ्यो, तपाईं कस्ता र के कुरामा अपडेट भइरहन मन पराउनुहुन्छ, तपाईंको क्षमता के कुरामा छ यो सबै बुझेर १२ कक्षा पछिको विषय छनोट गर्नुहोस् । भीडको पछि लागेर, त्यहि भींडमै आफूलाई नहराउनुहोस् ।

तपाईंको लागि यी लेखहरु सहयोगी हुनसक्छन् >>

“ठूली भएस्, डाक्टर बनेस् !”  

आफ्नो रोजाइको करियरले दिएको खुशीले चुम्दैछ सगरमाथा शिखर 

असफलतालाई मैले मेरो विकल्प मानेर बसिनँ : दुर्गा खनाल

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text