राल्फ वाल्डो इमर्सन प्रसिद्ध निबन्धकार, कवि तथा दार्शनिक हुन् । उनको जन्म सन् १८०३ मे २५ मा अमेरिकामा भएको थियो भने सन् १८८२ अप्रिल २७ मा निधन भएको थियो ।
राल्फ वाल्डो इमर्सनका प्रेरक भनाइहरु
गोरेटो खोज्दै नहिंड । गोरेटो नै नभएको ठाउँमा जाऊ र आफ्ना पाइलाहरुको निशान छोड ।
जीवनको महानता कहिल्यै नलड्नुमा हुँदैन, जतिपटक लडे पनि फेरी उठ्नुमा हुन्छ।
कमजोर सोंच भएको व्यक्तिले भाग्यमा विश्वास गर्छ भने उच्च सोंच भएको व्यक्तिले काम र त्यो कामले पार्ने प्रभावमा विश्वास गर्छ ।
जीवनमा सिक्न खोज्ने र अगाडी बढ्न खोज्ने व्यक्तिका लागि अप्ठ्यारा परिस्थितिहरु सबैभन्दा राम्रा अवसर हुन् ।
जसले हरेक दिन आफ्नो केही डरलाई जित्ने कोसिस गरिरहेको छैन, उसले जिन्दगीको मज्जा नै थाहा पाएको छैन ।
सधै त्यो गर, जुनकुरा देखि तिमीलाई डर लाग्छ।
सानो सोंच भएका मान्छेहरु सानो-सानो कुरामा हतास भइरहेका हुन्छन् । ठूलो सोंच भएका मान्छेहरुलाई हतास हुनको लागि समय नै हुँदैन।
उत्साह बिना आजसम्म कसैले पनि केही प्राप्त गरेको छैन ।
मानिसलाई अरु कुरालाई भन्दा बढी आफैभित्रको डरले नै पराजित गरिरहेको हुन्छ।
तिम्रो हतास मन र निराशाको औषधी रक्सी होइन, काम हो ।
मानिसले जे सोंचेर दिन बिताउँछ, ऊ त्यहि बन्छ ।
जो व्यक्ति आफ्नो लागि, आफ्ना सपनाहरुको लागि एक्लै उभिने साहस गर्छ, सबैकुरा उसको जीवनमा मिल्दै जान्छ ।
जीवनको लम्बाई होइन, गहिराई हेर ।
आफूलाई अरु कसैको आवश्यकतामा सहयोग पुग्ने व्यक्ति बनाऊ ।
हामीले शक्ति पाउनु भन्दा पहिले, त्यो शक्तिलाई कसरि प्रयोग गर्नुपर्छ भन्ने कुरामा जानकार हुनुपर्छ।
व्यक्तिले त्यो मात्र देख्छ, जुन कुरा उसले आफ्नो दिमागमा तयार गरिसकेको हुन्छ।
जीवन भनेको परिक्षण हो । जति धेरै परिक्षण गर्छौ, जीवन त्यति नै राम्रो बन्छ ।
राम्रो संग काम सम्पन्न गर्नुको पुरस्कार भनेको त्यो काम सफल हुनु हो ।
मैले चर्को स्वरले बोल्नेहरुको आवाज सुन्न सक्दिन ।