स्वामी विवेकानन्द एउटा यात्राको क्रममा थिए । पहाड चढ्दै गर्दा उनले एक व्यक्तिलाई भेटे, जो हिंड्दा हिंड्दै थाकेर बाटोमा नै बसिरहेको थिए ।
उसलाई देखेर स्वामी विवेकानन्दले भने , ‘ किन यसरी बस्नुभएको ? हिंड्नुस्, संगै जाओं ‘। ती बटुवाले लामो सास फेर्दै भने ,’ म थाकिसकें । म त अब उक्लिन पनि सक्दिन कि जस्तो भइसकें, हजुर ! ‘ ।
स्वामी विवेकानन्दले भने , ‘ तपाईंको पाइताला मुनि हेर्नुस् त ! यो त्यही बाटो होइन , जुन तपाईंले काटेर आउनुभयो ? अनि फेरी किन यही बाटोको अगाडी हार मान्दैहुनुहुन्छ ? बाटो सुरु गर्दाको क्षण सम्झनुस् त, तपाईं कहाँ हुनुहुन्थ्यो र अहिले कहाँ हुनुहुन्छ ? अब आफ्ना पाइला अगाडी बढाउनुस्, यो बाटो तपाईंको पाइतालामुनी हुनेछ र तपाईं आफ्नो गन्तव्यमा पुगेर मुस्कुराइरहेको हुनुहुनेछ ‘।
स्वामी विवेकानन्दको कुरा सुनेपछि ती बटुवामा उत्साहको तरंग फैलियो र उनी आफ्नो गन्तव्यतिर अगाडी बढे ।
गन्तव्यमा पुग्न, आफ्नो लक्ष्यमा पुग्न लामो र अप्ठ्यारो बाटो पार गर्नुपर्ने हुन्छ। हामी यो बुझेर यात्रा सुरु गर्छौं पनि, तर बीच बाटोमा पुगेपछि हामी हरेस खान्छौं । जब, सफलताको नजिक पुगेका हुन्छौं, हामीले पाइला गह्रौं बनाउँछौं । अब हामी पनि उत्साहले तरंगित हुने कि ?
Looking to sell your house in Rhode Island? Check out https://www.cash-for-houses.org/georgia/cash-for-my-house-tifton-ga/ for a quick and hassle-free solution.