शालिनी सिंहको १९ वर्षको उमेरमा नै विवाह भएको थियो । उनले आर्मीका मेजर अविनाश सिंहसंग विवाह गरेकी थिइन् । विवाह पछि पनि उनले आफ्नो पढाइलाई निरन्तरता दिइन् र उनीहरुको छोरा पनि जन्मीए ।

केही वर्षपछि शालीनीका पति सहिद भए । श्रीमानको निधन हुँदा उनी केवल २३ वर्षकी मात्र थिइन् । उनी टुटिन् । तर, अबोध छोरालाई हेरेर उनले आफ्नो मनलाई बलियो बनाइन् र छोरालाई आमाबुवा संग छोडेर आफू श्रीमानको ठाउँमा आर्मीमा भर्ती हुने निर्णय लिइन् । आर्मीमा कडा प्रशिक्षण हुने हुनाले धेरैले उनलाई गर्न नसक्ने भन्दै आर्मीमा नजान सुझाव दिए । तर उनी श्रीमानको निधनको तीन महिना पछि नै आर्मीमा भर्ती हुन, अन्तर्वार्ताको लागि गइन् र आफूलाई प्रमाणित गरेरै छोडिन् ।

कठीन परिस्थितिको सामना गर्दै आर्मी क्याप्टेन बनेर अगाडी बढेकी उनले ६ वर्षपछि पदबाट राजीनामा दिइन् । आर्मीमा रहंदा छोरासंग समय बिताउन नपाउने हुनाले, उनले छोरालाई आफ्नो अभिभावकत्वको आवश्यक महसुस गरेर राजीनामा दिएकी थिइन् । त्यसको केही वर्ष पछि उनी फेरी मिसेज इन्डिया प्रतियोगितामा सहभागी भइन् र मिसेज इन्डिया २०१७ को ताज पहिरिन सफल भइन् ।

शालिनीका पाइला रोकिएका छैनन् । उनी हरेक दिन केही नयाँ सिक्न खोज्छिन् र जीवनमा अझ धेरै केही गर्न चाहन्छिन् । साथै छोराको सुन्दर भविष्य निर्माणको लागि पनि उनी लागिपरेकी छिन् ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text