मानिसको जीवनमा विभिन्न प्रकारका दुःख,पीडा, बाधा, अड्चनहरु भईरहन्छ । हामीले कुनै पनि कुरालाई निरन्तर रुपमा सम्झेर चिन्तित भयौ भने हामी कह्ल्यै पनि जीवनमा अघि बढ्न सक्दैनौ ।
हामी आफुलाई परेको सानो दुःख लाई पहाड बनाएर ‘मलाई जस्तो दुःख अरु कसैलाई परेको छैन होला’ भन्छौ । तर हामीले अरुको वास्तविकता बुझेका हुदैनौ र आफूलेले आफैलाई झन् दुःखी बनाईरहेका हुन्छौ । वास्तवमा सबैको जीवनमा केही न केही समस्या परिरहेकै हुन्छ । फरक यति मात्र हो कि कसैको अलि कम होला कसैको अलि बढि । तर समस्या चाहिं सबैमा हुन्छ त्यसको पाटो मात्र फरक हुन्छ ।
हामीले आफूमा परेको समस्यालाई निरन्तर रुपमा लिईराख्यौ भने हामी कहिल्यै पनि समस्याबाट मुक्ति पाउन सक्दैनौ । त्यसैले हामीले जसरी हुन्छ समस्याबाट निस्केर आफूलाई चिन्ता मुक्त बनाउने प्रयास गर्नुपर्दछ । हामीलाई थाहा नै छ ‘इखभच तजष्लपष्लन पष्ििभम थयगच जबउउष्लभकक’ अर्थात् धेरै सोचाईले हाम्रो खुसी को हत्या गर्दछ । हामी मध्ये धेरै व्यक्तिहरु यस्ता छौ, जो एउटै कुरालाई मनमा लिई राख्ने गर्दछौ, जसले गर्दा अनावश्यक चिन्ता उत्पन्न हुन्छ ।
तर कतिपय अवश्थामा धेरै सोच्नु पनि ठिकै हो, कुनै काम गर्नको लागि, कुनै खोज–अनुसन्धानको लागि त धेरै सोचको आवश्यकता पर्दछ ।हामी के सोच्दै छौं भन्ने कुराबाट हामी सचेत छैनौं र भित्र भित्रै अनावश्यक सोचको जालो बुन्दै छौ भने, हाम्रो मानसपटलमा नकारात्मक असर पर्न जान्छ ।
चिन्ता नै मानिसको सबैभन्दा ठूलो शत्रु हो । त्यसैले चिन्ताको कुनै उपलब्धि नै हुदैन यसले त बस् हामीलाई नैरास्यता बाहेक केहि पनि दिदैन । चिन्ताले मानिसलाई भित्र भित्रै खोक्रो बनाउने काम मात्र गर्दछ । जसको कारण हाम्रो दिमाग न केहि राम्रो कुरा सोच्न सक्दछ न केहि नंया कार्य गर्ननै सक्दछ । चिन्ता लिएर बस्ने, धेरै सोंच्ने गर्नाले, कुनै पनि उपलब्ध हुदैन भने हामी किन पिर, चिन्ता लिएर बस्ने ? हामी हाम्रो दिमागलाई अनावश्यक रुपमा चिन्तामा डुबाउनुको सट्टा कुनै राम्रो कार्य प्रति लगाउन सक्यौ भने त्यसबाट हामीलाई नै फाईदा हुन्छ र हाम्रो दिमाग पनि सन्तुलीत हुन्छ ।
हामी अनावश्यक पीर, चिन्ताबाट बच्न अथवा मुक्त हुनका लागि हामी आफैले आफैलाई जान्नु जरुरी हुन्छ । उदाहरणका लागि, आफूलाई ‘म’ बाट हटाउनु पनि धेरै सोच्नुबाट पर हुनु हो । जस्तैः मलाई मात्र किन यस्तो हुन्छ,म मात्र किन समस्यामा पर्दछु, म मात्र किन फेल हुन्छु, यस्ता यस्ता हीनताबोध हुनेखालका सोचले गर्दा समस्याबाट उम्कन गाह्रो पर्दछ । त्यसैले यस्ता सोंच आफ्नो दिमागबाट हटाउनुपर्छ ।
हरेक कुरालाई सकारात्मक रुपमा लिनु पनि यसको समाधान हुन सक्छ । हामीले जुन कुरा बित्यो त्यसलाई हल्का रुपमा लिन सक्नु पर्दछ । हामीले हाम्रो वास्तविक गन्तव्य पहिल्याउन सक्यौ र विगतलाई धेरै गहिरो रुपमा लिएनौ भने हामी पक्कै पनि सकारात्मक सोच तर्फ अगाडि बढ्न सक्छौ ।
लेखक : स्वस्थानी न्यौपाने
तपाईं पनि सकारात्मक र प्रेरणामुलक लेख, रचनाहरु हामीलाई पठाउन चाहनुहुन्छ भने
यहाँ क्लिक गर्नुहोस् >> लेख लेख्नुहोस्