लेसिया च्याम्प्सको चाहना वकिल बन्ने थियो । ७ वर्षको उमेरमा नै वकिल बन्ने सपना बोकेकी उनको घरमा पढ्ने वातवरण भने थिएन । उनकी आमा ड्रग्सको कुलतमा नराम्रोसंग फसेकी थिइन् भने उनका बुवाको निधन भएको थियो । त्यसपछि लेसिया घरविहिन भइन् । उनी जसले आश्रय दिन्छ उसैको घरमा बस्न थालिन्। जब उनी गर्भवती भइन्, परिस्थितिले नयाँ मोड लियो।

पढाइलाई कठीन परिस्थितिमा पनि निरन्तरता दिइरहेकी अमेरिकामा बसोवास गर्ने लेसिया हाइ स्कुलमा पुगेपछि बिचैमा पढाइ छोडेर कलसेन्टरमा काम गर्न थालिन् । यो उनको बाध्यता थियो । त्यसपछि उनी विवाह गरेर घरजम गरेर बसीन् । तर पनि उनलाई दु : खले घेर्न छोडेन ।

जब लेसियाको गर्भमा चौथो सन्तान बसेको थियो । उनको जागिर गयो र घरमा फेरी पैसाको अभाव हुन थाल्यो । घरमा आगो लागेर आफ्नो सम्पत्ति भन्नु नष्ट भयो। यो दु:ख बिर्सन खोज्दा फेरी त्यसको केही समयपछि क्यान्सर रोगका कारण उनका श्रीमानको निधन भयो । उनी डिप्रेसनमा गइन्। तर, एकदिन एकजना पादरीले फोन गरेर, ‘ तेरो सपना वकिल बन्ने रहेछ,मलाई भगवानले सपनामा आएर लेसिया वकिल बन्न सक्छे, उसलाई भनिदॆऊ भनेका छन् भनेर फोन गरे ‘ । त्यसपछि लेसियामा छुट्टै हिम्मत र ऊर्जा आयो ।

लेसियाले छोराछोरीलाई आफ्नो चाहना बताउँदा उनीहरुले पनि हिम्मत बढाइदिए र उनले आफ्नो छुटेको पढाइलाई फेरी निरन्तरता दिइन् । गत मे महिनामा उनले टेक्सास साउथर्न युनिभर्सिटीबाट कानुन विषयमा ग्राजुएसन पूरा गरेकी छिन् ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text