ब्लेइज पास्कल प्रसिद्ध भौतिकशास्त्री, गणितीज्ञ, आविष्कारक तथा दार्शनिक हुन् । पास्कलको नियमका यी प्रतिपादकको जन्म १९ जुन, १६२३ मा भएको थियो । पास्कलले सम्भावनाको आधुनिक सिद्धान्त लगायत आधुनिक विज्ञान र दर्शनलाई थुप्रै कुराहरु दिएर गएका छन् ।

ब्लेइज पास्कलका प्रेरक भनाइहरु

फरक र ठूलो सोंच राख्ने दिमागहरुले सामान्य कुराहरु खोज्छन् भने साँघुरा दिमागहरुले असामान्य र ठूला कुराहरु खोज्छन्।

 

 

राम्रा र मीठा शब्द बोल्नको लागि पैसा लाग्दैन । तर, ती शब्दहरुले धेरै ठूलो काम गर्छन् ।

 

अप्ठ्यारो परिस्थिति आउँदा, आफ्नो मनमा तिम्रो जीवनमा भएको कुनै एक राम्रो कुरालाई लिएर हिंड ।

 

 

हरेक व्यक्ति कोही हो , तर कोही व्यक्ति पनि सबैथोक होइन । हरेक व्यक्तिमा सिमितता / अवगुण हुन्छन् ।

 

 

आफ्नो जीवनमा वर्षहरु जोड्न नखोज । आफूले बिताइरहेका वर्षहरुमा बाँच्न सिक ।

 

 

फरक-फरक तरिकाले मिलाएर प्रयोग गरिएका शब्दले फरक-फरक अर्थ राख्छन् र फरक-फरक अर्थले फरक-फरक प्रभाव पार्छन् ।

 

 

तिमीले मानिसहरुले आफ्नो बारेमा राम्रो सोंच राखुन् भन्ने चाहन्छौ? त्यसोभए, उनीहरुको अगाडी आफ्न बारेका राम्रा कुराहरु नगर ।

 

 

व्यक्तिको महानता उसको सोंचमा हुन्छ।

 

 

साना कुराहरुले हामीलाई खुशी दिन्छन् , किनकी साना कुराहरुले नै हामीलाई दुखी बनाउने गर्छन् ।

 

 

सफलताले होइन, संघर्षले हामीलाई बढी खुशी दिन्छ ।

 

 

धेरै स्वतन्त्रता र आफूले चाहेको सबैकुरा सजिलोसंग पाउनु जीवनमा केही गर्न चाहनेहरुका लागि घातक हुन्छ ।

 

 

 

ब्लेइज पास्कलको प्रेरणादायी जीवनी पढ्न यहाँ क्लिक गर्नुहोस्

 

 

 

 

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text