एउटा गाउँमा दुधको पोखरी निर्माण गर्ने सल्लाह भयो । एक दिन सबै गाउँले मिलेर पोखरी बनाउनको लागि ठूलो खाडल खन्न थाले । सबैजना मिलेर खनेकोले खाडल खन्ने काम छिट्टै सकियो ।

खाडल खनेर सकेपछि गाउँका मुखियाले उद्घोष गरे ,’ भोली बिहान यो पोखरीमा सबै गाउँले मिलेर दुध भरिनेछ। त्यसैले भोली बिहानै उज्यालो नहुँदै सबैले एक/एक आम्खोरा दुध लिएर आउनु । बिहान घाम झुल्किंदा पोखरीले दुधले भरिनुपर्नेछ । ‘

मुखियाको कुरामा सहमती जनाउंदै सबैजना घर फर्के । घर पुगेर चतुरनारायणले सोंच्यो ,’ भोली उज्यालो नहुँदै आम्खोरामा दुध लिएर गएर पोखरीमा खन्याउने भनेको छ । अँध्यारोमै लैजाँदा त, कसैले आम्खोरामा दुध ल्याएको छ की पानी भन्ने चिन्न सक्दैन । फेरी पोखरीमा खन्याउँदा सबैले दुध खनाएका हुन्छन् , मैले पानी खन्याए भने पनि त्यो दुधमा मिल्छ र पानी खन्याएको भन्ने चिनिदैन ‘ । यही सोंचले सुतेको उसले बिहान नहुँदै आम्खोरामा पानी लिएर पोखरीमा गयो। त्यहाँ सबै उपस्थित थिए ।

बिहान घाम झुल्किंदा त अचम्मको दृश्य देखियो । पोखरी त पानीले भरिएको छ । किनकी सबैजनाले चतुरनारायणले सोंच बनाएर आम्खोरामा पानी लिएर आएका थिए ।

हामी पनि ठ्याक्कै यस्तै गरिरहेका छौं । आफूले मात्र नियम उल्लङ्घन गर्दा, आफू एकजनाले मात्र फोहोर फ्याँक्दा केही हुँदैन भन्ने मानसिकता राख्दा राख्दै, आफ्नै योजना र आफ्नै लक्ष्यको मूल्यलाई बेवास्ता गर्दै, आफ्नो सकारात्मक सोंचलाई नकारात्मक सोंचले जित्दै हामी पनि हाम्रो समाजलाई, देशलाई, सिस्टमलाई अस्तव्यस्त बनाइरहेका छौं।

अब हामीले ‘मैले एकजनाले दुध लगेर खन्याए र अरु सबैले पानी खन्याए भने पनि त्यो दुध पोखरी बन्नेछ ‘ भन्ने सोंच क्न नराख्ने ? सपार्नु र बिगार्नु हामी आफैबाट सुरु हुन्छ , त्यसैले आजैबाट आफूमा सकारात्मक सोंच राखौं ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text