विन्स्टन चर्चिल प्रसिद्ध राजनीतिज्ञ, लेखक र आर्मी अफिसर हुन् । उनी दुई पटक बेलायतको प्रधानमन्त्री भएका थिए भए साहित्य तर्फ नोबेल पुरस्कार प्राप्त गरेका थिए । तर, त्यो भन्दा पहिले उनी असफल व्यक्तिको रुपमा चिनिन्थे ।

विश्तन चर्चील स्कुल पढ्दा नै ६ कक्षामा फेल भएका थिए । राजनीतिक करियरको सुरुवात गरेपछि पनि उनलाई असफलताले पछ्याइरह्यो । चुनावमा जति पटक उठेपनि उनी हार्थे । आर्मी अफिसर हुँदा पनि उनले नेतृत्व गरेर लडाईमा जाँदा, उनको पक्षको हार हुन्थ्यो । तर, पाइला-पाइलामा असफलता आउँदा पनि उनले हार मानेनन् र प्रयास गरिरहे ।

सन् १९४० मा ६० वर्षको उमेर कटेपछि मात्र विन्स्टन चर्चिलले प्रधानमन्त्री बन्ने अवसर पाए । त्यो समयमा उनले दोस्रो विश्व युद्धको लडाईमा बेलायतलाई जिताए। आर्थिक, सामाजिक लगायतका समृद्धिको लागि उल्लेखनीय काम गरेपछि उनी १९५१ मा पुन: प्रधानमन्त्री बन्ने अवसर पाए । विन्स्टन चर्चिलले लेखेको ‘द सेकेन्ड वल्ड वार ‘ पुस्तक मार्फत उनले १९५३ मा नोबेल पुरस्कार प्राप्त गरे । सन् १९६३ मा उनलाई अमेरिकी संसदले अमेरिकाको मानार्थ नागरिकता मार्फत सम्मान गरेको थियो ।

” यदि तिमी अप्ठ्याराहरुले गर्दा नर्कको बाटोमा हिंडिरहेको महसुस गर्दैछौ भने पनि, निरन्तर हिडिराख । ” – विन्स्टन चर्चिल

विन्स्टन चर्चिलका प्रेरक भनाइ पढ्नको लागि यहाँ क्लिक गर्नुहोस्  

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text