एकपटक गौतम बुद्धले घरविहिनहरुको लागि दान गर्ने बताउंदै , आफूकहाँ आएका व्यक्तिहरुलाई भने , ‘ दान गर्न इच्छुकहरुले जे-जे कुरा र जति सकिन्छ, त्यो मकहाँ ल्याउनु । सबै कुरा जम्मा गरेपछि दान गरिनेछ’। उक्त खबर जहींतहीं फैलियो ।

अर्को दिन देखि विभिन्न वस्तु लिएर आएका व्यक्तिहरुको भिंड हुन थाल्यो । राजा, व्यापारी, समाजसेविहरुमा कसले धेरै दिने, कसले कति महँगो दिने भन्ने प्रतिस्पर्धा जस्तै देखिन थाल्यो । गौतम बुद्धले उनीहरुले ल्याएका कुराहरु एउटा हातले मात्र लिंदै राख्दै गरिरहेका थिए ।

यत्तिकैमा एकजना बूढी आमा हातमा आधा अनार लिएर आइन् । ती बूढी आमा नदी नजिकै कुटी बनाएर एक्लै बस्ने गर्थीन् ।

सबैले आफूलाई अचम्म मानेर हेरेको देखेपछि ती आमाले भनिन् .’ मैले दान गर्न सामान संकलन गरिएको सुन्दा अनार खाँदै थिएँ । आधा अनार जुठो भैसकेको थियो। यो बाहेक दिने जस्तो कुरा मसंग अरु केही छैन ‘ । गौतम बुद्धले त्यो आधा अनार लिनको लागि दुई हात अगाडी ल्याएर र शिर निहुराएर त्यो अनार लिए ।

त्यहाँ उपस्थित मध्ये एक जनाले सोधे ,’ हजुरले सबै महंगा महंगा वस्तु एउटा हातले लिनुभयो , तर आधा अनार लिंदा दुई हात फैलाएर, शिर झुकाएर लिनुभयो । किन ?”

गौतम बुद्धले मुस्कुराउँदै जवाफ दिए ,’ कसैलाई केही दिइदै छ भने, स्वार्थ नराखेर, सफा मनले, प्रतिस्पर्धा र देखाउनको लागि नभई कसैको दु:ख लाई कम गर्नको लागि दिनुपर्छ । कसैलाई दिंदा महँगो वस्तु होइन, उच्च सद्भाव र आत्मियता हुनुपर्छ ‘ ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text