सन् १८०९ मा जन्मेका वैज्ञानिक चार्ल्स डार्विन वैज्ञानिकको रुपमा सफल हुनुभन्दा पहिले असफल व्यक्तिको रुपमा चिनिएका थिए । डार्विनका बुवाले उनलाई ‘जीवनमा केही गर्न नसक्ने , काम नलाग्ने छोरा, कुकुरलाई लखेट्ने र मुसा समात्ने मात्र गर्ने क्षमता भएको’ भनेर गाली गर्ने गर्थे ।
सन् १८२७ मा बुवाले उनलाई मेडिकल पढ्नको लागि कलेजमा भर्ना गरिदिएका थिए । तर उनले आफूलाई त्यो विषयमा रुची नलागेपछि बीचमै छोडिदिए । त्यसपछि फेरी उनी क्राइस्ट कलेजमा भर्ना भए । त्यहाँ पनि उनी रमाउन सकेनन् र कलेज छोडिदिए ।
डार्विनको बुवालाई भने छोरा डाक्टर, इन्जिनियर, जागिरे, पादरी मध्ये बन्नुपर्छ भन्ने लाग्थ्यो । तर, डार्विन भने वातावरणमा घुलमिल हुन, कुकुर , मुसा जस्ता जनावरको व्यवहार हेर्न मन पराउँथे। र त्यही रुचीलाई पछ्याउँदा पछ्याउँदै उनी वैज्ञानिक बने । विभिन्न दबाब र एक्लोपनमा पनि उनले आफ्नो सपनालाई त्यागेनन् ।