जीवन सजिलो कसैको पनि छैन, जीवन त रोमाञ्चक छ, उतार चढावले बनाउने रोमाञ्चक । फरक यत्ति हो कि, कसैले त्यो उतार चढावलाई रोमाञ्चकताको रुपमा लिन्छ भने कसैले डर र समस्याको रुपमा ।

जीवनमा केही गर्न प्रेरित गर्ने प्रसिद्ध भनाइहरु

मैले गर्न सक्छु, त्यसैले त मैले जीवन पाएको छु ।
– साइमन वेल

 

इच्छा भएपछि, बाटो भेटिन्छ ।
– ओरिसन स्वेट मार्डन

 

 

ज्ञान हुनु ठूलो कुरा होइन, त्यो ज्ञानलाई प्रयोग गर्नु ठूलो कुरा हो । इच्छा राख्नु ठूलो कुरा होइन, काम गर्नु ठूलो कुरा हो ।
– जोन वोल्फ़ग्याङ्ग वोन गोएथे

 

 

यदि तिमी हिजो लडेको थियौ भने, आज उठ ।
– एच,जी वेल्स

 

 

चुनौतीलाई स्विकार ता की तिमीले भोलीको विजयको साँचो मज्जा लिन सक्नेछौ ।
– जर्ज एस. प्याटन

 

 

ब्रहमाण्डमा यस्तो एउटा कुना छ, जहाँ तिमीले आफ्नो प्रगति गर्न सक्छौ । र, त्यो कुना हो, तिमी आफै भएको ठाउँ, तिम्रो विचार र भावना उब्जिने ठाउँ।
– एल्डस हक्स्ली

 

 

ठूला योजना र गफ भन्दा साना कामहरु महान हुन्छन्।
– पिटर मार्सल

 

 

जसले मैले जित्छु भन्ने विश्वास राख्छ, उसले नै जित्छ ।
– भर्जिल

 

 

सफल हुनु महत्वपूर्ण हो, तर त्यो सफलता प्राप्तीको लागि आफूले त्यही अनुरुपको तयारि गर्नु सबैभन्दा महत्वपूर्ण हुन्छ ।
– बबी नाइट

 

 

 

तिमीले आफ्नो जीवनमा जे गर्छौ, त्यो सबै तिम्रो रोजाइ हो ।
– वेने ड्येर

 

 

 

हामीले जति गर्छौं, त्यति नै धेरै गर्न सक्ने बन्दै जान्छौं।
– विलियम ह्याजलिट

 

 

सफल भएको हरेक व्यक्ति उसले संघर्ष गर्नुभन्दा पहिले केही पनि थिएन ।
– जोन ब्रोज

 

 

यदि तिमीलाई केहि मन पर्दैन भने, त्यसलाई परिवर्तन गर्नको लागि अगाडी बढ । तिमी एकै ठाउँमा जरा गाडेको रुख होइनौ ।
– जिम रोन

 

 

तिमी आफ्नो सपनालाई सुहाउँदो बन ।
– अक्तविओ प्येज

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text