कोलनल स्याण्डर्स केएफसीका संस्थापक हुन् । उनले आफ्नो जीवनमा लामो समयको कडा संघर्ष पछि मात्र सफलता हासिल गरेका थिए । उनको जन्म सन् १८९० सेप्टेम्बर ९ मा भएको थियो ।

कोलनल ५ वर्षको हुँदा उनका बुवाको मृत्यु भयो । त्यसपछि उनले काम गर्दै पढ्न थाले र कामको कारणले नै १६ वर्षको उमेरमा नै पढ्न छोडिदिए । १७ वर्षको उमेरसम्ममा उनले ४ वटा जागिर छोडिसकेका थिए । त्यसपछि उनले रेलवे कन्डक्टरको काम गरे र त्यो काम छोडेर आर्मीमा गए , तर उनी आर्मीबाट निकालिए ।

१८ वर्षको उमेरमा विवाह गरेपछि उनी १९ वर्षको हुँदा छोरी जन्मीइन्, तर श्रीमतीले छोरी पनि लिएर उनलाई छोडेर गइन् । उनले इन्सुरेन्सको सेल्सम्यानको काम गर्न थाले र त्यसपछि श्रीमतीलाई मनाएर घरमा ल्याए । उनले विभिन्न व्यवासय पनि गर्न खोजे तर सधै घाटामा गए । त्यसपछि उनले क्याफेमा कुकको काम गरे , भाँडा मझे र त्यहीं बाट सरकारी क्यान्टिनहरुमा कुकको काम गर्न थाले । उनले पकाएको चिकेन सबैले मन पराउँथे। त्यतिबेला उनले आफूले प्रयोग गर्ने मसला र पकाउने तरिका कसैलाई भन्दैनथे ।

६० वर्ष पुगेपछि कोलनलले सरकारी कामबाट अवकाश लिए । त्यतिबेला उनलाई सरकारले १०५ डलर दियो । उनलाई लाग्यो कि, उनको कामको , उनको जीवनको मूल्य त निकै कम रहेछ । त्यो कुराले उनी यति दुखी भए की, आत्महत्या गर्ने सोंचमा डायरी समाएर आफ्ना मनका कुरा लेख्न थाले, लेख्दा लेख्दै उनले जीवनको आशा लेख्न थाले, आफ्ना सपना लेख्न थाले । त्यसपछि उनमा जीवनप्रति छुट्टै उत्साह जाग्यो ।

कोलनलले सम्झे की त्यो समयसम्म उनी सफल भएको काम चिकेन फ्राई थियो । त्यसपछि उनले त्यही कामलाई आफ्नै ढंगले अगाडी बढाउने निधो गरे र फलस्वरूप : केएफसीको जन्म भयो ।

कोलनल स्याण्डर्सको पूरा जीवनी पढ्नको लागि यहाँ क्लिक गर्नुहोस्

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text