स–साना खोला पनि समुद्र सम्म पुग्नको लागि निरन्तर रुपमा बहने गर्दछन् । बहने क्रममा खोलालाई पनि थुप्रै पहाड, चट्टानहरुले बाटो छेक्ने गर्छन् । तर खोेला आफै नयां बाटो निर्माण गरी निरन्तर बहेर समुद्र सम्म पुगेरै छाड्छ । त्यस्तै हामी आफूले निर्धारण गरेको लक्ष्यमा पुग्ने क्रममा भएको बाधा, अड्चन तथा असफलताबाट कहिल्यै पनि पछि नहटी निरन्तर मेहेनतका साथ लागि पर्नुपर्छ । तब मात्र हामीले हाम्रो लक्ष्य प्राप्त गर्न सक्छौं ।

यदि हामीले आफैले आफैलाई बिश्वास गर्न सकेनौ भने हामी कहिल्यै पनि अगाडी बढ्न सक्दैनौं । सर्बप्रथम सफल हुनको लागि आत्मविश्वास हुनुपर्छ । हामीले विश्वस्त भएर कार्य गर्दा गर्दै पनि असफल हुने गर्दछौं । हामी कुनै पनि क्षेत्रमा अगाडी बढ्ने क्रममा कहीं असफल हुनु स्वाभाविकै हो । असफल हुदैमा हामीले हरेस खानु हुदैन ।

असफल भयौं भनेर हामी निरास हुनुहुदैन , असफलताबाटै सफलता प्राप्त गर्ने बाटो पत्ता लगाउन सकिन्छ । हामीलाई थाहा नै छ, सुरुमा भएको असफलताबाट हामीले भविष्यको लागि गतिलो पाठ सिक्न सक्छौं । असफलता नै हाम्रो कार्यको बाधक होईन । बाधक त हाम्रो मन हो, जो आफ्नो लक्ष्य प्रति कटिबद्ध हुँदैन । यदि हामी आफ्नो लक्ष्य प्रति कटिबद्ध भएर लागिपर्यौ भने सुरुवाती असफलताबाट हामीलाई केहि पनि फरक पर्दैन ।

हामी जो पनि आफ्नो गन्तव्यमा पुग्ने क्रममा लड्दछौ तर लड्दैमा हामी आफू हिंडेको गन्तव्य सम्म नपुगी फर्कदैनौ । हामी निरन्तर हिड्दै आफ्नो गन्तव्यमा पुगेरै छाड्छौ । बिच बाटो बाट लडियो भनेर फर्कनु हाम्रो मुर्खता बाहेक केहि पनि होईन ।

साथै हामीले एउटा मात्र लक्ष्य लिई अगाडी बढ्नु पर्छ । हामीले धेरै वटा लक्ष्य लिएर हिड्यौ भने कुनै पनि लक्ष्य प्राप्त गर्न सक्दैनौ । त्यसैले हामीले लक्ष्य निर्धारण गर्दा आफूले के गर्न चाहेको हो स्पष्ट भई उक्त लक्ष्य प्रति लागि पर्न सक्यौ भने सुरुवाती असफलताबाट कहिल्यै पनि हाम्रो लक्ष्यमा बाधा उत्पन्न हुदैन ।

त्यसैले हामीले लक्ष्य प्रप्त गर्ने क्रममा भएको केही असफलताबाट हरेस नखाई आफूले गर्न खोजेको कार्यमा कटिबद्ध भएर लाग्यौ भने अवश्य पनि सफलता प्राप्त गर्न सक्दछौ । साथै हामीले आफ्नो कार्य इमान्दारीताका साथ गर्नु पर्दछ । इमान्दारीता नै सफलताको मुल कसी हो । हामी इमान्दार भएर आफ्नो कार्य गर्दैनौं भने हामीलाई कसैले पनि विश्वास गर्दैनन् , हामी आफैले पनि आफैलाई विश्वास गर्न सक्दैनौं र हाम्रो लक्ष्य प्राप्तीमा बाधा उत्पन्न हुन्छ ।

– कृति नेपाल

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text