म एउटा केटीलाई माया गर्छु, ऊ पनि मलाई माया गर्थ्यो, तर पछि मलाई छोडेर अरु नै कोही ब्वेफ्रेन्ड बनायो । उसले मलाई बिर्सिए पनि, म उसलाई बिर्सिन सक्दिन । म मेरो काम र पढाइमा पनि केन्द्रित हुन सकिरहेको छैन । उसलाई बिर्सिन सक्ने केही उपाय बताईदिनुहोस् न !
पहिलो कुरा त, उसले तपाईंलाई पहिले पनि माया गर्दैनथ्यो । माया गर्नु र मन पराउनु फरक कुरा हुन् । तपाईं प्रति ऊ आकर्षित थियो होला, तर उसको आकर्षण घट्दै गयो र अरु कोही प्रति आकर्षित भयो । माया घट्दैन, आकर्षण घट्छ । त्यो आकर्षणलाई माया सम्झिनु नै गलत थियो । अर्को कुरा, तपाईंले उसलाई संसारको एक मात्र भनेर लिनुभयो होला, तर उसले तपाईंलाई विकल्पको रुपमा लियो । तपाईं आफूलाई विकल्प बनाएको त्यही व्यक्तिलाई सम्झेर आफ्नो समय बर्बाद गर्दै हुनुहुन्छ ? के तपाईंको कुनै मूल्य, अस्तित्व नै छैन ? के तपाईंको आफ्नो आत्मसम्मान नै छैन ? कोही व्यक्तिलाई महत्व दिनुहोस्, तर आफैलाई महत्वहिन बनाएर होइन । तपाईंले आफूलाई महत्व दिनुभयो, आफ्नो आत्मसम्मानको बारेमा सोंच्नुभयो भने, यो कुरामा तपाईंलाई कसैको पनि सुझाव र हौसलाको आवश्यक पर्ने छैन ।
सम्बन्ध, ती सम्झना र उसलाई कसरि बिर्सन सजिलो हुन्छ र आगामी दिनमा कसरि अगाडी बढ्न सकिन्छ भन्ने सहयोगको लागि यी सामग्रीहरु पढ्नुहोस् ( दिइएका लिंकमा क्लिक गर्नुहोला ) :
सम्बन्ध बिग्रिएपछि हुने तनावबाट कसरि मुक्त हुने ?
नराम्रो पललाई बिर्सेर अगाडी बढ्नको लागि प्रेरित गर्ने भनाइहरु
सम्बन्धका कारण तनावमा हुनुहुन्छ ?
सम्बन्धमा गर्न नहुने छ सम्झौता