भोली आउँथ्यो आउँदैन थियो,
आज नै मैले सपना देखें
सबैको भिडमा सानो मान्छेजस्तो
मेरो सपना
केहि क्षण बाटो अलमलिए पनि
निरन्तरता दिएर
एकाग्रता कायाम गरेर
पुरा गरेरै छोडें।

चिनाका बिटा, हातका रेखा
हेराउँदै समय बर्बाद गर्ने
फुर्सद त कहाँ थियो र?

‘म’ मौन बसें,
तिमी चिच्याउइरह्यौ
त्यसैले,
‘म’ एक कदम अगाडी
तिमी एक कदम पछाडी।

मैले मेरो चिना आफै लेखें,
मेरो हस्तरेखा आफै कोरें,
जन्मरेखा समयले कोरेर
धर्तीमा ल्याइदिएपछि
कर्मको बाटो आफै बनाएँ
मेरा पाइला आफै अगाडी बढाएँ

तर,
पछाडी तानीरहयो
गुरुत्वबलले जस्तै,
पछारीदियो
लडेको हेर्नेहरु
आँखा खोलीरहे
खाल्डो खनिरहे
मुस्कुराइरहे
‘उनिहरु’ अनि
‘म’ पनि

उनीहरुको मुस्कानमा छल थियो
मेरो मुस्कानमा आशा अनि ढृढता
मैले एकाग्रता कायम गरिरहे
सपना पुरा गरेरै छोडें ।

तिमीलेले सोच्यौ मात्र
तर,
मैले संघर्ष गरें
मैले गल्ती गर्ने आँट गरें
मैले लड्ने साहस गरें
मैले तीतो वचनहरु सुन्ने आट गरें

एकछिन त त्यसैपनि हतास भइन्छ,
थाहा छ,
तिमी त्यतीमै निरास भयौ
तर,
मैले गहिरो निन्द्रा लिए
सपना देखें

फलेको हाँगाले मात्र धर्तीलाइ हेर्न र चिन्न सकेको हुन्छ,
तिमीआकाशमा उड्यौ
मैले धर्तीलाइ कर्मथलो बनाए
म मौन बसें
मेरो मौनतालाइ लाटो बनाइदियौ
मेरो एकाग्रतालाइ ‘सोझो’ बनाइदियौ

हो ! म एकोहोरो थिए मेरो ‘सपना’ पुरा गर्न
जस्तो सपना देखे
पुरा गरेरै छोडे।

-दुर्गा खनाल।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text