चाहन्न फर्कन म
त्यो विगतको बाटोमा
जहाँ गर्व गर्न लायक
केही पनि गरेको छैन

हो अहिलेको बाटो अप्ठ्यारो छ
तर, गन्तव्यमा पुग्छु भन्ने विश्वास छ
असह्य भयो मलाई पीडा सहन
तर, सफलता प्राप्त गर्न,
मलाई यहि पीडा सहि छ।

जित्नेछु एक दिन मनको डर
सबै बटुलेर फेरि मेरो आत्मबल
पाउनेछु रे सबै जसलाई म सपना भन्थें
जिन्दगी भन्छ ‘मात्र अब थोरै दु:ख गर’
– गोपाल सुवेदी

 

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text