अब्राहम मस्लो अमेरिकन मनोवैज्ञानिक हुन् । उनी आवश्यकताका सिद्धान्तको प्रतिपादकको रुपमा विशेष प्रसिद्ध छन्। उनको जन्म स १९०८ अप्रिल १ मा भएको थियो ।

अब्राहम मस्लोका प्रेरक भनाइहरु

वर्तमान समयमा रमाउन सक्छौ भने, तिम्रो दिमाग सधै स्वस्थ रहनेछ ।

यदि तिमी आफ्नो क्षमता भन्दा कम प्राप्त गर्ने लक्ष्यका साथ हिंडिरहेको छौ भने, तिमी जीवनमा कहिल्यै पनि खुशी हुन सक्ने छैनौ ।

यदि तिमीले हथौडा उठायौ भने, हरेक समस्यालाई एउटा किला देख्न थाल्छौ ।

यदि मलाई कसैले जहाजबाट समुद्रमा धकेलिदियो र जमिन हजार माइल टाढा भएको बतायो भने पनि म पौडीरहनेछु ।

हामीले आफूले के चाहन्छौं भन्ने कुरा थाहा पाउन सजिलो छैन । त्यो थाहा पाउनु भनेको हाम्रो लागि एउटा सफलता हो ।

हरेक व्यक्तिसंग दुई वटा विकल्प हुन्छन् , पछाडी हट र सुरक्षित बस या अगाडी बढ र जोखिम उठाऊ ।

पूरा जीवन नै शिक्षा हो । हरेक व्यक्ति यहाँ शिक्षक हो र हरेक व्यक्ति चेला पनि हो ।

हामी जस्तो छौं, हामीले त्यही गर्छौं र हामीले जे गर्छौं, हामी त्यस्तै बन्छौं ।

जसले आफूलाई महत्वपूर्ण लाग्ने काम गर्छ, त्यो व्यक्ति नै खुशी रहन सक्छ ।

जुन व्यक्तिले आफैलाई सुन्ने हिम्मत गर्दैन , त्यो व्यक्तिले जीवनमा बुद्धिमानी पूर्वक निर्णय लिन सक्दैन।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text