सफोक्लिस ग्रिक साहित्यकार हुन् । उनको जन्म ४९७ बि.सीमा भएको थियो । उनी प्राचिन समयको एथेनका प्रसिद्ध तथा लोकप्रिय नाटककार हुन् ।
सफोक्लिसका जीवनोपयोगी भनाइहरु
खराब सल्लाह भन्दा ठूलो शत्रु अरु केही पनि हुँदैन ।
केही गर्न नखोज्ने मान्छेलाई भाग्यले पनि साथ दिंदैन ।
सधै केही न केही उपयोगी कुरा सिक्ने चाह राख ।
यदि हामी सबैले एक-अर्कालाई सहयोग गर्थ्यौं भने, कसैलाई पनि भाग्यको आवश्यकता पर्दैनथ्यो ।
अप्ठ्यारो परिस्थितिले जीवनमा खुशीको महत्व बुझाउँछ ।
जसले खोज्छ, उसले नै भेट्छ ।
जसले आफैलाई सहयोग गर्दैन, उसलाई अवसरहरुले पनि सहयोग गर्दैनन् ।
अल्छीपनाले नै सबै दु:ख र अप्ठ्याराहरु जन्माउँछ ।
हातको शक्ति भन्दा तर्कको शक्ति बलियो हुन्छ ।
कामको अनुभवबाट आउने ज्ञान सबैभन्दा उपयोगी हुन्छ ।
तिमीले यो बुझ्नु जरुरी छ, संसारको कोही पनि व्यक्ति चिन्ता र पीडा बिना बाँचेको हुँदैन ।
सफलता हाम्रो लगनशीलतामा भर पर्छ ।
अरुलाई धोका दिएर जित्नुभन्दा स्वाभिमानका साथ हार्नु राम्रो हो ।
कडा मेहनत बिना कुनै पनि कुरामा समृद्धि मिल्दैन ।
तिमीले जतिसुकै मूर्ख काम गरेतापनि तिमीलाई माया गर्ने मान्छेले, सधै माया गर्छ ।
धेरै छिटो लिइने निर्णयहरु असुरक्षित हुन्छन् ।
विश्वास मर्न पनि सक्छ, तर अविश्वास भने फक्रिरहन्छ।