लुई भिटन १० वर्षको हुँदा नै आमाको मृत्यु भएपछि उनका बुवाले दोश्रो बिहे गरे। सानै देखि महत्वाकांक्षी उनी सौतेनी आमाको हेपाहा प्रवृत्ति र सानो गाउँमा एकोहोरो दैनिकीबाट दिक्क भएर १३ वर्षको उमेरमा घर छोडेर हिंडे। पेरिस जाने लक्ष्य लिएर घर छोडेपछि उनले आफ्नो पेट भर्नको लागि बाटोमा जे काम पाइन्छ त्यही गरे, नाङ्गै खुट्टा हिंडीरहे। कष्टकर दिनहरु बिताउंदै अन्तत: घर छोडेको दुई वर्षपछि लुई पेरिस पुगेका थिए।
१९ औं शताब्दीमा बाक्सा बनाउने र प्याकिङ्ग गर्ने कामलाई राम्रो काम मध्येमा गनिन्थ्यो। लुई भिटनले १८ वर्षको उमेरमा एक वर्कसप उक्त काम गर्न थाले। उनले आफ्नो काममा शतप्रतिशत मेहनत गर्थे। जसले गर्दा लुईको कामले प्रशंसा पाउन थाल्यो र उनले बनाएका बाक्सा किन्न मानिसहरु टाढा-टाढाबाट आउन थाले।
दरबारबाट पनि प्रशंसा पाउन थालेपछि लुईलाई घरानियाँहरुले चिन्न थाले। त्यसैकारण लुईले आफ्नै पसल सुरु गर्नको लागि यो समय उपयुक्त ठाने र पेरिसमा सन् १८५४ मा पहिलोपटक आफ्नै पसलको सुरुवात गरे । सन् १८७० – ७१ मा फ्रान्स र पर्सियाबीचको युद्धले गर्दा लुईको व्यवसायमा नराम्रो असर पर्यो। लुईको पसलमा लुटपाट समेत भयो र उनको व्यवसाय पूरै तहसनहस हुन पुग्यो । तर पनि उनले हार मानेनन् र युद्ध सकिएर शान्ती छाएपछि फेरी व्यवसाय सुरु गरे।
उनका सन्तानहरुले व्यवसायलाई बढाउँदै लगे र लुई भिटन नामक फेशन ब्राण्ड अहिले ५० भन्दा बढी देशहरुमा फैलिएको छ। लुई भिटन अहिले राम्रो फेशन ब्राण्डको रुपमा परिचित भएको छ।
लुइ भिटनको प्रेरणादायी जीवनी पढ्न यहाँ क्लिक गर्नुहोस्