सक्दैनस् भन्थे
अनि
गर्दै जादा
खुट्टा पनि तान्थे,

पक्कै केहि त रहेछ
ममा !

मैले नचिनेको नजानेको
तर
अरुले नि परिचय गराइदिएको,
त्यो सहास।

विश्वास थिएन
तर
तिम्रो मीठो बोली
पछाडीको घातले
दिलाएको शक्तिले
आफै विश्वास गर्न बाध्य बनाइदियो।

मेरो रोदन होइन,
सुन्ने छौ चित्कार आनन्दको
खुशीको,
जीतको ।

म हजारौं पटक हारे पनि
एकदिन जितौला
म कैयौं पटक लडे पनि
एकपटक अवश्य उठौला

तर
यस्तो नहोस्,
म उठेको दिन
तिम्रो खुट्टा नभासिउन्,
मैले जितेको दिन
तिम्रो घमण्डले नहारोस्,
म त तिमीलाई हराउने भन्दा पनि
हिजो भन्दा आज राम्रो बनि देखाउने हूँ।

-दुर्गा खनाल

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text