हामीले कुनै पनी कार्य गर्दा पूर्ण दृढताका साथ समयमा नै गर्नुपर्दछ । कुनै पनी व्यक्तिले आज सफलताको शिखरमा पुगें भन्दैमा कहिल्यै पनी घमण्ड गर्नु हुदैन । हामीलाई समयले विभिन्न प्रकारले परिक्षा लिइरहेको हुन्छ । आज हामीसंग भएको कुरा भोली नहुन सक्छ । हामीले कुनै पनि कुरा आज छ भन्दैमा त्यो सधै भईरहन्छ भन्ने हुँदैन । आज भएको कुरा कुन बेला गुमाउनु पर्ने हो त्यो हामीलाई थाहा छैन । हामीले आज आफूसंग भएको कुरालाई सहि सदुपयोग गर्न सकेनौ भने भोलिका दिनमा गएका दिनलाई सम्झेर पछुताउनु सिवाय केही पनि विकल्प हुनेछैन।

समय हाम्रो सबैभन्दा ठूलो गुरु हो, जसले हामीलाई समय समयमा बिभिन्न प्रकारको परिक्षा लिने गर्दछ । समयले लिएको परिक्षा हामी जो कोहिले पनि सामना गर्नैपर्छ । त्यसैले हामी कहिल्यै पनि हतास तथा निरास नभईकन दृढताका साथ समयको गतीमा चल्न सिक्नुपर्दछ । यसले हामीलाई कहिलेकाही अकल्पनीय परिणम दिने गर्दछ । जे हामीले सोचेका हुन्छौ ठिक त्यसको विपरीत भईदिन सक्छ । त्यसैले समयले दिएको चोटको मलम पनि हामीलाई समयले नै लागाईदिन्छ, आत्तिनु कदापी हुदैन ।

हामीले बिभिन्न सफल व्यक्तित्वहरुको कथा बाटपनि थाहा पाउँछौं, जो विगतमा सडकमा थिए र समयको गति संगै आफूलाई चलाउन सफल भएको कारण पछि सफलताको शिखर चुम्न सफल भएका छन् । समयको गती संग संगै हामीले बिभिन्न प्रकारका पाठहरु सिक्ने गर्दछौ । समय आफ्नै गतीमा चलिरहन्छ, न हामीले चाहेर रोकिन्छ न त यसले हामीलाई कुरेर नै बस्दछ । हामीले सधै आफूलाई समयको गति संगै ढाल्दै जान सक्नुपर्दछ तब मात्र हामीलाई समयले साथ दिन्छ । हामी बिगत तथा भविष्यको बारेमा मात्रै सोंचेर बस्यौ भने हामी कहिल्यौ पनि तनाव मुक्त हुन सक्दैनौ ।

हामी मध्ये धेरै मानिसहरु विगतका कुरा लिएर अनावश्यक तनावमा फसेका छौ । वास्तवमा भन्ने हो भने, हिजो र भोलिको कुरालाई भन्दा पनि आज कसरी खुसी हुन सक्छौ त्यसमा केन्द्रीत हुन सक्नुपर्दछ । हामी जो कोहिले पनि समय संगै राम्रो तथा नराम्रो पाठहरु सिकेकै हुन्छौ । हामीले विगतमा सिकेको कुरा बर्तमान तथा भबिश्यको लागि मार्गदर्शन बन्न सक्छ ।

हामीले विगतलाई सम्झेर बस्यौ भने विगतले हामीलाई दुःख मात्र दिने गर्दछ त्यस्तै हामीले भविष्य सम्झन थाल्यौ भने त्यसबाट हामीलाई अनावश्यक चिन्ता मात्र हुने गर्दछ । हामीले आफूसंग के छ त्यसको सहि सदुपयोग गरी अगाडी बढ्यौ भने अवश्य पनि सहि मार्गमा हिड्न सक्छौ । हामी कहिल्यै पनि अरुको देखासिखीमा लाग्नु हुदैन हामीले पहिला हामी आफैलाई चिन्न सक्नु पर्दछ । मसंग के छ, म के गर्न सक्छु त्यसै अनुसार हामीले आफ्नो योजना तयार गर्नुपर्दछ ।

हामीसंग आज जे छ भोली त्यो नहुन सक्छ, हिजो जे थिएन आज प्राप्त गरेका हुन सक्छौ । त्यसैले हामीले कहिल्यै पनि यो भएन त्यो भएन, यस्को यस्तो छ, मेरो छैन यस्ता यस्ता कुरा गरेर आफूले आफैलाई कहिल्यै पनि दुःखी बनाउने काम गर्नु हुदैन । समयले सबैलाई धेरै प्रकारको पाठहरु सिकाएको हुन्छ, कतिसम्म त्यसलाई ग्रहण गर्ने भन्ने कुरा हामी आफैमा भर पर्दछ । हामीलाई कुनैपनी कुरा समय भन्दा पहिला कहिल्यै प्राप्त हुदैन ।

त्यसैले समय सर्बश्रेष्ठ छ, मानिसले समयलाई चलाउन सक्दैनन् समयले हामीलाई आफ्नो गतीमा चलाईरहन्छ । समयको परिधि व्यापक छ । हाम्रो गुरु समय हो, त्यसैले हामी समयकै मार्गदर्शन अनुसार निरन्तर आफूलाई ढाल्दै लान्छौ ।

  • स्वस्थानी न्यौपाने 
लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text