जीवन आफ्नै रुपले अगाडी बढ्छ, एक्लै उभिने साहस गर्नुपर्छ । तर, आमा बुवा बिना त्यो एक्लो यात्रा पनि अधुरो जस्तै लाग्छ ।

बुवा सम्बन्धि प्रसिद्ध भनाइहरु

एउटा बुवा सयौं शिक्षक भन्दा महान हुन्छन् ।
– जर्ज हबर्ट

मेरो बुवा चट्टान जस्तै हुनुहुन्थ्यो। यस्तो व्यक्ति जोसंग तिमी हरेक समस्या लिएर जान्छौ।
– जिनेथ पाल्ट्रो

बुवाले मलाई सपना दिनुभयो, जसबाट मैले आफ्नो भविष्य देख्न सकें ।
– लिजा मिन्नेली

असल बुवा बन्नको लागि धैर्यता र माया लिएर हिड्नुपर्छ। साथै ‘ म मात्र हूँ ‘ भन्ने अहम भावनालाई त्याग्न सक्नुपर्छ।

– क्याथरिन

बुवा बनिसकेपछि व्यक्तिलाई धेरै जिम्मेवारीबोध हुन्छ । तिमीले त्यो भन्दा अगाडी नदेखेका धेरै कुराहरु देख्न थाल्छौ ।
– किड रक

जब बुवाले सन्तानलाई केही दिन्छन् , तब बुवा र सन्तान दुवै हाँस्छन् । तर, जब सन्तानले बुवालाई केही दिन्छन् , तब बुवा र सन्तान दुवै रुन्छन्।
– विलियम शेक्सपियर

जबसम्म तिमी बुवा बन्दैनौ, तब सम्म तिमीले बुवाले आफ्नो सन्तानको अनुहारमा हेरेर महसुस गर्ने माया र त्यो आशा बुझ्न सक्दैनौ ।
– केन्ट नेर्बर्ण

मैले जीवनमा भेटेका कुनै पुरुष मेरो बुवाको बराबरीका मलाई लागेन । मैले मेरो बुवालाई जति माया अरु कुनै पुरुषलाई गरिन ।
– हेड्य ल्यामर

मेरा बुवा को हुन् भन्ने कुराले मेरो लागि महत्व राख्दैन । मैले मेरो बुवालाई कसरि सम्झिन्छु, मेरो आफ्नो लागि मेरो बुवा को हुन् भन्ने कुराले महत्व राख्छ ।
– एन्ने सेक्सटन

आमाको माया पाउनको लागि तिमी योग्य हुनु पर्दैन, तर बुवाको माया पाउनको लागि तिमी योग्य बन्नुपर्छ ।
– रोबर्ट फ्रोस्ट

बुवा बन्नु भनेको तिमी आफ्नो सन्तानको लागि रोल मोडल बन्नु हो ।
– वेन रुनी

मेरो बुवा मसंग हुनुहुन्न, तर मलाई थाहा छ, मेरो बुवाले स्वर्गबाट मलाई हेरिरहनुभएको छ ।
– बब्बा वाटसन

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text