घाम थियो, पानी पनि वर्षीरहेको थियो।
त्यो पहाडलाई कुनै चिजको प्रवाह थिएन
न मेरो बुबालाई थियो।

मेरो खुशीको लागी संघर्ष गर्ने त्यो शरिर त गजबको रहेछ।
म थाकेको बेला पनि भरीलो थियो।

भर्याङ्गको तल रहेकी मलाई
माथीबाट साहसले तान्दै
सिढी चड्न सिकाउने
मेरा हातलाई समाउने,
हिड्न सिकाउने,
म लडेको ठाउँबाट उठाउने,
र’ फेरि हिड्न सिकाउने,
मेरा बुबा आज सम्म पनि थाक्नु भएको छैन।

काँध कहिल्यै भारी भएन,
आँखा कमजोर भए तर
हिम्मत कहिल्यै हारेन,
म हारे हूँला तर मेरा बुवाको
साहस कहिल्यै हारेन।

मेरो खुशी हेर्न
चुपचाप संघर्ष गर्ने
‘बुबाका’ ती पाईलालाई सधै
मेरो सम्मान छ।

बेखुसी भए पनी
मेरो सपनालाई जीवित बनाउन
आँशु लुकाउने ‘बुवाको’
धैर्यतालाई सधैं सम्मान

आफूले दु:ख लुकाएर
अरुलाई हाँस्न सिकाउने
सम्पुर्ण बुवामा
सधैं सम्मान।

-दुर्गा खनाल। 

 

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text