मलाई त लडेको याद आउँछ बालक हुँदा,
मलाई त हारेको याद आउँछ बालक हुँदा,
मलाई त रोएको याद आउँछ
जिद्दी गरेको याद आउँछ ।

ऊर्जा थियो,
आँट थियो ,
बच्चा हुँदा कोही पराइ थिएन,
जसले माया गर्छ, उसलाई आफ्नो मानिन्थ्यो,
मतलब थिएन ।

लड़िन्थ्यो तर
बिर्सिन्थियो होला
भोलिपल्ट लडेकै बाटो हिडिन्थ्यो,
थाहा नहुँदै जितिन्थ्यो,
कहिले हारिन्थियो पनि ।

साथीलाई बुद्धिले भए नि
घमण्डले भए नि जितिन्थियो,
जे गरिन्थ्यो क्षणभरमा
भुलिन्थ्यो अनि
फेरि हातेमालो गरिन्थ्यो,
जे गरिन्थ्यो मायाले गरिन्थियो।

ठूलो हुँदा तिनै पल याद गरिन्छ,
जित्नु र हार्नुको मज्जा,
लड्नु र उठ्नुको मज्जा सम्झिइन्छ।

लड्दैमा हिंड्न छोड्छ र बालक?
लड फेरि उठ अनि फेरि हिंड
त्यहि त सिक्नुछ अनि सिकाउनु छ।

अहङकार होइन ज्ञान सिकाउनु छ,
कलिला हातहरुलाई सृजनशील बनाउनु छ,
आजका कोपिलालाई ओइलिन होइन फुल्न दिनु छ।

माटोमा मलिलो बनाऊ,
बालबालिकालाई उद्द्मशील बनाउँदै हुर्काऊ,

आज अब्बल बिऊ भए मात्र, फल राम्रो हुनेछ
भोलि देश तिनैको हातमा हुनेछ।

दुर्गा खनाल  

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text