बिल गेट्स विश्वका दोस्रो धनी तथा सफल व्यक्ति हुन्। माइक्रोसफ्ट कम्पनीका मालीक उनी समाज सेवाका काममा पनि उत्तिकै अग्रसर छन् ।
सन् १९७३ मा ग्राजुएट भएका बिल गेट्सले स्याटको १६०० पूर्णाङ्कको परिक्षामा १५९० ल्याएका थिए । त्यसपछि उनी पढ्नको लागि हार्वर्ड विश्वविद्यालय भर्ना भए । तर उनले बिचमै आफ्नो पढाइ छोडे ।
धेरैले आफूलाई पढाइमा रुची नभएको र पढाइ छोडेको कुरालाई लिएर बिल गेट्ससंग जोडेर ठट्टा गर्ने गर्छन् । तर, वास्तवमा बिल गेट्स किताबको किरा हुन् । उनले सानै उमेर देखि आफूले भेटेसम्मको किताब सबै पढ्ने गर्थे, त्यसैले परिवारले उनलाई किताबको किरा भन्ने गर्थ्यो । अहिले पनि उनले प्रत्येक दिन पढ्ने गर्छन् । आफ्नो व्यस्त समय तालिकामा उनले किताब पढ्नको लागि भनेर समय नै छुट्टाएका हुन्छन् ।
बिल गेट्स र साथीको दिमागमा कम्प्युटर प्रोग्रामको आइडिया आएपछि उनले आफ्नो कोर्सको पढाइलाई निरन्तरता दिएका थिएनन् । उनी कम्प्युटरमा नै धेरै समय बिताउँथे, उनलाई कम्प्युटर सम्बन्धि नै काम गर्ने रुची बढेको थियो । उनले युनिभर्सिटीमा आफ्नो कोर्स अगाडी बढाएनन् । तर, उनले आफूलाई मन पर्ने विषय, आफ्नो काम सम्बन्धि विषयहरु परिक्षाको लागि नभई ज्ञानको लागि पढ्न थालेका थिए । उनले अरु संकायका, अरु लेभेलका किताबहरु समेत पढ्ने गर्थे । उनले परिक्षा केन्द्रित, सर्टिफिकेटको लागि पढेनन् , तर उनले पढ्न छोडेका भने होइनन् ।अहिले पनि उनले हरेक दिन किताब पढ्छन् ।
समय व्यवस्थापनको लागि बिल गेट्सबाट सिक्न सकिने कुराहरु
सफलताको लागि बिल गेट्स र वारेन बफेटका ४ साझा सुत्र