रायन सरह्यांट अमेरिकाको रियल स्टेटका बादशाह मानिन्छन् । रियल स्टेटको बादशाह भनेर चिनिनु अघि उनले आफ्नो जीवनमा थुप्रै संघर्षहरु झेल्नु पर्यो ।
रायन सुरुमा कलाकार बन्न चाहन्थे । त्यसैले अभिनयको लागि उनले न्युयोर्कमा काम खोज्न थाले । तर, कलाकारिता उनले सफलता प्राप्त गर्न सकेनन् । त्यसपछि उनलाई मोडलिंग को अफर आयो, उनले मोडलिंग पनि गर्न थाले । मोडलिंग गरेरै उनी सन्तुष्ट हुन सकेनन् , उनले बुझे की त्यो काम उनको लागि होइन ।
मोडलिंग मा पनि जम्न नसकेपछि उनी बाहिरीए । उनीसंग पैसाको यति अभाव भयो कि, खाना किन्न नसकेर उनी बाटोमै रोएका थिए । तर पनि उनले जागीर गर्न चाहेनन् । उनलाई जागिर गरेर बाँधिनु थिएन । उनमा जागिरले एउटा सिमित घेराबन्दीमा राख्छ र जागिर तथा तलबको नशामा परेपछि उम्किन गाह्रो हुन्छ भन्ने लाग्थ्यो ।
भौतारिरहेकै समयमा रायनले साथीको सल्लाहमा सन् २००८ मा रियल स्टेट एजेन्टको लाइसेन्स लिए । उनले गुमाउनु पर्ने अब केही थिएन, किनकी उनी संग केही पनि थिएन । त्यसैले उनले बाटोमा गएर मानिसहरुको पछाडी पछाडी घर जग्गा सम्बन्धि प्रस्ताव राख्दै दौडिन थाले । उनी सपिङ्ग मलहरुको अगाडी बस्थे र जसले धेरै सपिङ्ग गरेर निस्केको छ, उसलाई पछ्याउन थाल्थे । उनमा डर र लाज थिएन, गर्नैपर्छ भन्ने अठोट थियो, लगनशिलता थियो । यदि त्यो काममा सफल भईन भने आफ्नो गाउँमा फर्किएर कुनै एउटा काममा आफू सिमित हुनुपर्नेछ भन्ने उनलाई थाहा थियो र त्यो उनलाई मन्जुर थिएन।
सडकमा रियल स्टेट एजेन्ट बनेर दौडिदा उनले डर र उत्प्रेरणाको सन्तुलन मिलाउन सिके । रायनका अनुसार, मानिस हरेक दिन डर र उत्प्रेरणा बीच ढिकीच्याउ खेलिरहेको हुन्छ । त्यो व्यक्ति सफल हुन्छ, जसले त्यो डर र उत्प्रेरणालाई सन्तुलनमा राख्न सक्छ ।
रायन अहिले मिलिनियर, रियल स्टेटका बादशाह, रियालिटी टेलिभिजन स्टार र पुस्तकका लेखकको रुपमा चिनिन्छन् । उनी अहिले मात्र ३४ वर्षका भए ।